३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

पूर्वपतिसँग बच्चा जन्माउन पाऊँ भन्दै पर्यो अदालतमा मुद्दा

पूर्वपतिसँग बच्चा जन्माउन पाऊँ भन्दै पर्यो अदालतमा मुद्दा
अ+ अ-

काठमाडौं । वैवाहिक जीवनमा खटपट उत्पन्न भएपछि सामान्यतया मानिसहरु सम्बन्धविच्छेदको निष्कर्षमा पुग्छन् र पुरानो सम्बन्धबाट टाढिन्छन् ।

सम्बन्धविच्छेदपछि पूर्वपति र पत्नीबीच औपचारिक सम्बन्ध रहँदैन । तर, भारतको मुम्बईस्थित पारिपारिक अदालतमा आएको एउटा मुद्दाले भने सबैलाई चकित बनाएको छ ।

पतिसँग सम्बन्ध विच्छेद गरेर अलग रहेकी एक महिलाले आफ्ना पूर्वपतिसँग दोस्रो बच्चा जन्माउन पाऊँ भन्दै अदालतको ढोका ढक्ढक्याएकी छन् । उनी अदालतमा बच्चा जन्माउन पाउँ भन्दै मुद्दा हाल्दा सम्म पनि उनीहरुको सम्बन्ध बिच्छेदको कानुनी लडाइँ जारी थियो ।

सोही क्रममा उनले अदालतसामू यस्तो प्रस्ताव राखेर सबैलाई चकित पारेकी हुन् । ३५ वर्षीया ती महिलाले आफू आमा बन्ने उमेर सकिनुअघि थप एक बच्चाको आमा हुने चाहना रहेको भन्दै यस्तो माग राखेकी हुन् ।

जसका लागि उनले अलग रहेका पतिसँग सम्बन्ध बनाएर वा इनभिट्रो फर्टिलाइजेसन अर्थात आईभीएफ (अन्डा निकालेर शुक्राणुसँग सम्पर्क गराई गर्भधारण गराउने प्रक्रिया) का माध्यमबाट आमा बन्न अनुमति मागेकी हुन् । अदालतले निजी स्वायत्तता र प्रजनन स्वास्थ्यबारे अन्तर्राष्ट्रिय कानुन र सन्धिको हवाला दिँदै पत्नीको प्रजनन अधिकारलाई मानवको मूलभूत अधिकार बताएको छ ।

त्यसपछि अदालतले महिलालाई म्यारिज काउन्सिलरसँग गएर सल्लाह लिएर एक महिनापछि आईभीएफ विशेषज्ञसँग कुराकानी गर्न निर्देशन दिएको छ । आफ्नो आदेशमा नान्देड पारिवारिक अदालतका न्यायाधीस स्वाती चौहानले प्रविधिको सहयोगमा बच्चा जन्माउनु कानुन, लिखित वा अलिखित सामानिक मानकको उल्लंघन नभएको बताएकी छन् ।

महिलाका पतिले भने यो निवेदनलाई अवैध र षढयन्त्र भन्दै आपत्ति जनाएका थिए । महिलाले पतिलाई आफ्नो वीर्यदान गर्न आग्रह गरेकी थिइन् । सम्बन्ध बिच्छेदको तयारीमा रहेका दुवै जनाका एक जना बच्चा रहेका छन् । महिलाले बच्चाको पालनपोषणका लागि पतिसँग पैसा माग गरेको भएपनि महिला आफै रोजगारी गर्ने भन्दै उनको मागलाई भने अस्वीकार गरिदिएको थियो ।