५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी

पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी
फाइल फोटो
अ+ अ-

काठमाडाैँ । पोखरा महानगरपालिका र पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोलपम्प लाइनका जग्गाधनीहरूबीच बसपार्क निर्माणका लागि सहमति जुटेको छ । महानगरले सो क्षेत्रका संरचना हटाउने तयारी गरेपछि जग्गाधनीहरूले उच्च अदालतमा महानगरविरुद्ध रिट निवेदन दिएका थिए । सो रिटउपर छलफलका लागि अदालतले जेठ २६ गते दुवै पक्षलाई बोलाएको थियो ।

यसअघि अदालतले संरचना नहटाउनका लागि अल्पकालीन आदेश दिएर छलफलमा बोलाएको दिनअघि नै महानगर र जग्गाधनीबीच सहमति जुटेको हो । महानगर प्रमुख धनराज आचार्यले उक्त क्षेत्रका जग्गाधनीहरूले महानगरपालिकाविरुद्ध उच्च अदालतमा दायर गरेको रिट निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट फिर्ता लिने सहमति भएको बताउनुभयो । “जग्गाधनीका तर्फबाट अदालतमा दायर गरिएको रिट फिर्ता लिएर बसपार्क निर्माणकार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने समझदारी जुटेको छ”, प्रमुख आचार्यले भन्नुभयो ।

सहमतिअनुसार भविष्यमा निर्माण गरिने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्डबमोजिम निर्माण गरिनेछ । त्यसैगरी, हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू जेठ २५ गतेको मितिले सात दिनभित्र पूर्ण रूपमा हटाउने सहमति पनि भएको महानगरपालिकाले जनाएको छ । महानगरले प्रस्तावित बसपार्क क्षेत्रका बनेका संरचनाहरू हटाउनका लागि पटकपटक सूचना जारी गरेको छ । विसं २०३२ मा बसपार्कका लागि अधिग्रहण गरिएको २०५ रोपनी जमिन अहिले २६ रोपनीमा खुम्चिएको छ ।

आधा शताब्दीदेखि विभिन्न कारणले रोकिँदै आएको सुविधासम्पन्न पोखरा बसपार्क निर्माणको कार्यलाई सहमतिमा नै अघि बढाउने महानगरले जनाएको छ । महानगरले पछिल्लो समय बसपार्क संरचना हटाउनका लागि हिजोसम्मको समय दिएको थियो । यसबीचमा कतिपय जग्गाधनी र भाडामा लगाइएका सटरहरू खाली भएका छन् । बसपार्कमा रहेका सुकुम्बासी र भूमिहीनहरू भने वैकल्पिक व्यवस्थापछि मात्र आफ्ना संरचना खाली गर्ने बसपार्क सरोकार समितिका संयोजक प्रेमबहादुर गुरुङले बताउनुभयो ।

महानगरले बसपार्ककोे जग्गामा बसोबास गरिरहेका सुकुम्बासीको व्यवस्थापनका लागि जमिन खोजी समितिको सिफारिसका आधारमा ‘जमिन प्लट’ मिलान तथा अन्य पूर्वाधार अध्ययनका लागि समिति गठन गरेको छ ।

“बसपार्क क्षेत्रमा सुकुम्बासी बसोबासीहरूको व्यवस्थापनका लागि यसअघि गठित जग्गा व्यवस्थापन (खोजी) समितिले सिफारिस गरेका जग्गाहरूमध्ये उपयुक्त ठहरिएका जग्गामा आवश्यक प्राविधिक कार्य सम्पन्न गर्न समिति गठन गरिएको हो ।

समितिलाई सिफारिस भएका जग्गाहरूको नापजाँच गरी तोकिएको क्षेत्रफलअनुसार कित्ता छुट्याउने तथा कति परिवारलाई व्यवस्थित रूपमा बसोबास गराउन सकिन्छ भन्ने विषयमा स्थलगत अध्ययन र विश्लेषण गरी सात दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ”, महानगर प्रमुख आचार्यले भन्नुभयो ।