५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखेटोपहारसहित पाँच जना पक्राउ



अ+ अ-

काठमाडौँ। अखेटोपहारसहित पाँच जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मनमैजु क्षेत्रमा हात्तीको दाह्रा ओसारपसार, बिक्री तथा सञ्चय गरेको सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मङ्गलबार पक्राउ गरेको हो ।

काठमाडौँको तारकेश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाका २६ वर्षीय टेकप्रसाद गुरूङ र २० वर्षीय सन्तबहादुर भुजेल, काठमाडौँ महानगरपालिका–१७ बसन्तपुरका २७ वर्षीय आयुष महर्जन र टोखा नगरपालिका–२ सपनतीर्थका २४ वर्षीय पुरन बोहरालाई वन्यजन्तुको अखेटोपहारसहित पक्राउ गरिएको जनाइएको छ ।

प्रहरी टोलीले राजिवको घर नजिकैको जग्गामा गाडेर राखेको अवस्थामा दुई थान हात्तीका दाह्रा बरामद गरेको हो । निजको घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोलसहित राजिव, आयुष र टेकप्रसाद पक्राउ परेका ले आज जनाएको छ ।

अनुसन्धानका क्रममा हात्तीको दाह्राका दुई वटा टुक्राहरू पुरनसँग रहेको खुलेको थियो । निजले आफूसँग भएको उक्त हात्तीको दाह्राका टुक्रा मनमैजु बस्ने सन्तबहादुरलाई दिएको बताएपछि मनमैजुस्थित सन्तबहादुरको कोठाबाट दुई थान हात्तीका दाह्राका टुक्रा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये राजिव, आयुष र टेकप्रसादलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा पुरन र सन्तबहादुरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनबमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ डिभिजन वन कार्यालय पठाइएको छ । रासस