२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

इयूबारे जनमत सङ्ग्रहका लागि रुसको दबाब अर्मेनियाद्वारा अस्वीकार



अ+ अ-

येरेभान। अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार रुसी नेता भ्लादिमिर पुटिनले येरेभानलाई ईयूमा सामेल हुने वा नहुने भन्ने बिषयमा जनमत संग्रह गर्न आग्रह गरेको आह्वानलाई अस्वीकार गर्नुभएको छ ।

छिमेकी अजरबैजानसँगको विवादमा मस्कोले आफ्नो रक्षा नगरेकोमा निराश हुँदै हालैका वर्षहरूमा अर्मेनियाले अन्य सहयोगीहरूको खोजी गरेको छ। उसको रवैयाले क्रेमलिनलाई आक्रोशित बनाएको छ।

पुटिनले गत हप्ता युरोपेली सङ्घसँग अर्मेनियाको मेलमिलापको आलोचना गर्नुभएको थियो र ‘जतिसक्दो चाँडो’ जनमत सङ्ग्रहको लागि आह्वान गर्नुभएको थियो । उहाँ युरोपेली सङ्घ र मस्को नेतृत्वको युरेसियन इकोनोमिक युनियन (इइयू) दुवैको सदस्यता कायम गर्र्न असम्भव रहेको बताउनुभएको थियो ।

पाशिन्यानले फेसबुकमा एक भिडियो सम्बोधनमा भन्नुभयो, “जनमत सङ्ग्रह गर्नु अतार्किक हो। दुई समूहबीचको छनौट अपरिहार्य नहुँदासम्म अर्मेनियाले आधिकारिक रूपमा सदस्यताको लागि इयूमा आवेदन गर्दैन वा उम्मेदवारको स्थिति प्राप्त गर्ने सम्भावनाको नजिक पुग्दैन।”

शनिबार मस्कोले येरेभानको बढ्दो ईयू सम्बन्धबारे ‘परामर्श’ का लागि अर्मेनियाका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको थियो।

रूसी नेता पुटिनले अघिल्लो दिन चेतावनी दिँदै भन्नुभयो, “युक्रेनी परिदृश्य“ किएभले इयूमा सामेल हुने प्रयास गरेसँगै सुरु भएको थियो । अर्मेनियालाई ब्रसेल्सतर्फ नजान राम्रो हुनेछ ।”

पाशिन्यानले आर्मेनिया–रुस सम्बन्ध ‘परिवर्तनको चरणमा छ’ भन्नुभएको छ । “हामी रूससँग नयाँ सम्बन्ध निर्माण गर्दैछौँ र मलाई विश्वास छ । हामी सफल हुनेछौँ रूससँग हाम्रो सम्बन्ध खुला र इमानदार छ,” उहाँले भन्नुभयो ।

क्रेमलिनले सोमबार दिएको जानकारी अनुसार पुटिन र पाशिन्यानले हालै फोनमा कुराकानी गरेका थिए, केवल उनीहरूले गत हप्ता कजाकिस्तानमा भएको युरेसियन शिखर सम्मेलनको बारेमा छलफल गरेका थिए, जहाँ पुटिनले चेतावनी दिएका थिए।

मस्कोले पुटिनले पाशिन्यानलाई जन्मदिनको शुभकामना दिएको पनि बताएको छ । अझै पनि औपचारिक रूपमा मस्कोसँग गठबन्धन गरिएको आर्मेनिया ईईयूको सदस्य बनेको छ।

तर अजरबैजानले सन् २०२३ मा तत्कालीन विवादित काराबाख क्षेत्रमा सैन्य कब्जा गरेपछि सम्बन्ध तीव्र रूपमा बिग्रिएको छ, जसले यसको जातीय अर्मेनियाली जनसङ्ख्यालाई पलायन हुन प्रेरित गरेको थियो ।

रुसले आर्मेनियाको रक्षा गर्न असफल भएको आरोप पाशिन्यान लगाउनुभएको छ र सन् २०२४ मा मस्कोको नेतृत्वमा रहेको सुरक्षा व्यवस्थामा उसको सहभागिता रोक्नुभएको छ। (रासस/एएफपी)