२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोगिबाडामा ६ करोडको लागतमा पक्की पुल निर्माण हुँदै



अ+ अ-

जुम्ला। हिमा गाउँपालिका–३ स्थित जोगिबाडामा रु ६ करोड ३४ लाख लागतमा पक्की पुल निर्माण हुने भएको छ ।

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको उक्त बजेटमा हिमा नदीमाथि पक्की पुल निर्माण हुने पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावलले जानकारी दिनुभयो ।

मन्त्रालयको विनियोजित बजेट कार्यालयले बोलपत्र आह्वान गरेको थियो । रु ६ करोड ३४ लाखमा उक्त पक्की पुल मल्ल कन्ट्रक्सन दैलेखसँग निर्माण गर्न सम्झौता भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रावलको भनाइ छ ।

हिमा नदीमाथि पक्की पुल निर्माण नहुँदा गाउँसम्म पुग्न सवारीसाधनदेखि यहाँका स्थानीयवासीलाई सास्ती हुने गरेको थियो । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले बहुवर्षीय बजेट सुनिश्चित भएपछि पुल निर्माणले गति लिएको कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईँले जानकारी दिनुभयो ।

उक्त पक्की पुल निर्माणपछि यहाँका बड्की, जोगिबाडा, च्यामा र मोफ्ला गाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यहाँका विकट गाउँबस्तीका स्थानीयले उत्पादन गर्ने कृषि तथा पशुजन्य उत्पादन बजारसम्म ल्याउन र स्थानीय आवतजावत गर्न सुविधा पुग्ने हिमा–३ का वडाध्यक्ष धनवीर रोकायाले बताउनुभयो ।

पुल ४० मिटर लामो रहेको छ । आगामी दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । नयाँ प्रविधिको पुल निर्माणका लागि शनिबार एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य पछाईँले सो पुल शिलान्यास गर्नुभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रासस