२७ भाद्र २०८३, शनिबार
,
Latest
हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने



अ+ अ-

काभ्रेपलाञ्चोक। बाढीपहिरोले बगाएका काभे्रपलाञ्चोकका ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएका छन् ।

विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढीपहिराले बगाएका ती पुल निर्माणार्थ अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो ।

विसं २०८१ असोज १०–१२ गतेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण क्षति पुगेको पक्की पुलसहित क्षतिग्रस्त झोलुङ्गे पुल झन्डै दुई वर्षपछि पुनर्निर्माण हुने भएका छन् । उक्त बाढीका कारण जिल्लाको नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा पनि क्षति पुगेको थियो ।

रोशी गाउँपालिका–३ स्थित नमोबुद्ध रोशी (पिपलटार सुँगुरेडाँडा झोलुङ्गे पुल, खाक्सी झोलु¬ङ्गे पुल, रोशी गाउँपालिका–११ स्थित माम्ती पिप्ले (लोङसाङ–कालढुङ्गा झोलुङ्गे पुल) र पिप्लेदोभान झोलुङ्गे पुल पुनर्निर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको सहरी विकास मन्त्रलालयअन्र्तगतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेमनारायण बस्यालले जानकारी दिनुभयो ।

सूचना अधिकारी बस्यालका अनुसार बाढीले क्षतिग्रस्त रोशी–९ स्थित नार्के झोलुङ्गे पुल र रोशी–७ स्थित कटुञ्जेबेँसी–१ युएस झोलुङ्गे पुल पुनर्निर्माणका लागि रु तीन करोडदेखि रु पाँच करोड ५० लाखसम्म स्रोत सुनिश्चित गरिएको छ । त्यसैगरी, वाग्मती नदीमा आएको बाढीले क्षति पुर्याएको काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका र मकवानपुर जोड्ने फार्सा झोलुङ्गे पुल पुनर्निर्माणको लागि पनि स्रोत सुनिश्चित भएको बताइएको छ ।

सूचना अधिकारी बस्यालका अनुसार स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहुवर्षीय योजना भएकाले आगामी आवबाट पुल निर्माणको काम सुरु गरिने छ । पुल पुनर्निर्माणका क्रममा कहीँकतै जग्गा विवाद देखिए ती योजनालाई रोकेर अन्य योजनाको काम अघि बढाइने छ । स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुनर्निर्माणको काम डेढ वर्षदेखि दुई वर्षभित्र गरिसक्ने डिभिजन कार्यालयले जनाएको छ ।

यसैबीच, विसं २०८१ असोज दोस्रो साताको बाढीले तेमाल गाउँपालिका र मङ्गलटार जोड्ने रोशी खोलाको फलामे पुल बगाएको र वर्षायामको समयमा बिपी राजमार्ग अवरुद्ध भएको अवस्थामा वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न रोशी खोलाकै मङ्गलटार र काल्धार जोड्ने बेलीब्रिज जडान गर्न काभे्रपलाञ्चोक प्रशासनले सडक विभागलाई अनुरोधसमेत गरेको जनाइएको छ ।

उक्त बाढीले बिपी राजमार्गको करिब ३० किलोमिटर सडकसहित राजमार्गमा जोडिएका झोलुङ्गे पुललगायतका संरचनामा क्षति पुर्याएको थियो ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीका कारण रोशी, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाबीच आवतजावत गर्न बनेका झोलुङ्गे पुलहरू पूर्ण रूपमा क्षति हुँदा स्थानीयले सास्ती व्यहोर्नुपरेको बताउनुभयो ।

उहाँका अनुसार बाढीले झोलुङ्गे पुल बगाएपछि पुल आसपासका नागरिकले बर्खाअघि खोलामा फड्के हालेर आवतजावत गर्ने गरेका र हाल खोला बढेको समयमा एक घण्टा टाढा रहेको पक्की वा झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता रहेको छ । रासस