२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’



अ+ अ-

भैरहवा। नेपाल र भारतका सञ्चारकर्मीले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै पत्रकारिताको क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

हिन्दी पत्रकारिताको दुई सय वर्ष पूरा भएको अवसरमा आज भारतको गोरखपुरमा आयोजित अन्तक्र्रियामा सहभागी दुवै देशका सञ्चारकर्मीहरूले सहकार्यमा जोड दिएका हुन् ।

प्रेस क्लब, गोरखपुर र गोरखपुर जर्नालिस्ट प्रेस क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा पत्रकारिताको बदलिँदो स्वरूप, खोज पत्रकारिता, सीमापार सहकार्य तथा नेपाल–भारत सम्बन्धलाई सञ्चार माध्यममार्फत थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा आजतक टेलिभिजनका प्रतिनिधि गजेन्द्र त्रिपाठीले नेपाल र भारतबीच रहेका साझा समस्या, सामाजिक सरोकार र जनचासोका विषयमा दुवै देशका सञ्चारमाध्यमले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले पत्रकारिताले दुई देशका नागरिकबीच आपसी विश्वास र समझदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै पत्रकारहरूको एकता र सहकार्य समयको आवश्यकता भएको धारणा राख्नुभयो ।

दैनिक जागरणका पूर्वसम्पादक कमलेश त्रिपाठीले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई पत्रकारितामार्फत अझ बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँले खोज पत्रकारिताका क्षेत्रमा दुवै देशका पत्रकारले संयुक्त रूपमा काम गर्न सके सीमापार मुद्दाहरूको प्रभावकारी उजागर गर्न सकिने बताउनुभयो ।

प्रेस ट्रस्ट अफ इण्डियाका वरिष्ठ पत्रकार आनन्द रायले हिन्दी पत्रकारिताको दुई सय बर्से यात्राले समाजमा चेतना, लोकतान्त्रिक मूल्य र जनउत्तरदायित्व प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो । उहाँले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पत्रकारिताको माध्यमबाट साझा मुद्दामा सहकार्य बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहाराका पूर्वसम्पादक अनिल पाण्डे, नेपालका तर्फबाट लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीलयातले नेपाल—भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पत्रकारिताले पुलको भूमिका निर्वाह गर्नसक्ने भएकाले सहकार्यको आवश्यकता रहेको बताउनुभयो । उहाँहरूले सीमा क्षेत्रका साझा सवाल, पर्यटन, संस्कृति, व्यापार तथा जनस्तरका सम्बन्धलाई थप मजबुत बनाउन दुवै देशका पत्रकारबीच नियमित संवाद र सहकार्यमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

हिन्दी पत्रकारिता र पत्रिकाहरूको यात्रा ३० मे १८२६ मा कलकत्ता (हालको कोलकाता) बाट पण्डित जुगल किशोर शुक्लले प्रकाशन गरेको पहिलो हिन्दी समाचारपत्र ‘उदन्त मार्तण्ड’ बाट सुरु भएको त्यस अवसरमा जानकारी दिइयो ।

हिन्दी पत्रकारिताले दुई सय वर्ष पूरा गर्नु एउटा भाषा वा सञ्चारमाध्यमको विकासको कथा मात्र नभइ भारतीय समाज, चेतना, लोकतान्त्रिक आन्दोलन, सामाजिक परिवर्तन र विभिन्न सङ्घर्षहरूको ऐतिहासिक दस्तावेजसमेत भएको वक्ताहरूको भनाइ थियो । रासस