२७ भाद्र २०८३, शनिबार
,
Latest
हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाओसको गुफामा फसेका थप ४ जनाको उद्धार : उद्धारकर्ता



अ+ अ-

भिएन्टियन। लाओसको एउटा गुफामा दश दिन देखि फसेका थप चार जनालाई उद्धार गरिएको उद्धारकर्ताहरूले बताएका छन् ।

एक दिन अघि उनीहरुलाई सतहमा ल्याइएको जनाउदै अझै दुई जना बेपत्ता रहेको जनाइएको छ ।

सतहको पानीलाई पम्प गरेर तिनीहरूलाई बाहिर निकाल्न सक्षम भएको उद्धारकर्ताहरुले बताएका छन् ।

थाइल्यान्ड रेसकिउ डाइभर फेसबुक पोष्टमा शनिबार करिब दिउँसो ३ः१० बजे उद्धार अधिकारीहरूले थप चार जना मानिसहरूलाई बाहिर निकाल्न सफल भएको जनाइएको छ । हाल सम्म पाँच जनालाई उद्धार गरिएको उल्लेख गर्दै दुई जना अझै बेपत्ता रहेको जनाइएको छ ।

गत मे –२० देखि मध्य जेसोम्बौन प्रान्तको दुर्गम पाहाडी क्षेत्रको गुफामा सुनको खोजी गर्दै गरेका सात जना मानिसहरू आकस्मिक बाढीका कारण फसेको सरकारी मिडियाहरुले रिपोर्ट गरेका छन् ।

गुफाको सतहबाट करिब ३०० मिटर टाढाको साँघुरो स्थानमा जम्मा भएका पाँच जना मानिसहरू बुधबार जीवित फेला पारी उद्धार गरिएको जनाइएको छ ।

उद्धारकर्ताहरूले शुक्रबार माटोले पुरिएका मानिसलाई सुरक्षित स्थानमा लगिएको जनाएका छन् ।

भारी वर्षाले आकस्मिक बाढी निम्त्याए पछि गुफाको निकास अवरुद्ध हुँदा उनीहरु गुफामै फसेको जनाइएको छ ।(रासस / एएफपी)