२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी



अ+ अ-

लेबनान। इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको लागि नयाँ निकासी आदेश जारी गरेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताउनु भएको छ ।

पछिल्लो चेतावनी दुई देशका सैन्य प्रतिनिधिमण्डलहरूले वासिङ्टनमा ऐतिहासिक सुरक्षा वार्ता गरेको एक दिन पछि आएको हो ।

इजरायलले दक्षिण लेबनानमा निरन्तर आक्रमण जारी राखेको छ भने राष्ट्रपति जोसेफ आउनले अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँगको फोनवार्तमा युद्धविरामका लागि सबै प्रयासहरू गर्न आवश्यक रहेको कुरामा जोड दिनु भएको छ ।

इजरायल र तेहरान समर्थित हेजबुल्लाह बीचको लडाइँ रोक्नको लागि आधिकारिक रूपमा अप्रिल –१७ देखि लागू भएको युद्धविरामको बावजुत आक्रमण जारी रहेको छ ।

इजरायल र हेजबुल्लाह दुवैले एक अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउदै आएका छन् ।

शनिबारका लागि जारी गरिएको इजरायली सेनाको निकासी आदेशमा नबातीह नजिकैका केही गाउँहरू समावेश रहेको जनाइएको छ भने, हेजबुल्लाहले उत्तरी इजरायली सहर किर्यात शमोनामा रकेट प्रहार गरेको बताएको छ ।

हेजबुल्लाहले दक्षिणी लेबनानको घन्डोरीयेह नजिकैका इजरायली सैनिकहरू माथि आक्रमण गरी उनीहरूलाई पछि हट्न बाध्य पारेको र उत्तरी इजरायलको सैन्य आधारमा रकेट प्रहार गरेको बताएको छ ।

शुक्रबार, हेजबुल्लाहले उत्तरी इजरायलमा आक्रमण गरेको बताएको थियो भने इजरायली सेनाले लेबनानबाट आएका धेरै प्रोजेक्टाइलहरू रोकेको पुष्टि गरेको थियो । जसमध्ये एउटा किर्यात समोना नजिकै प्रहार भएको थियो ।

हेजबुल्लाहले मध्ययुगीन ब्युफोर्ट किल्ला नजिकै अगाडि बढ्न खोज्ने इजरायली सेना माथि आक्रमण गरेको पनि बताएको छ ।

इजरायली सेना लेबनान–इजरायल सीमाबाट करिब ३० किलोमिटर उत्तरबाट अगाडि बढेको बताइएको छ ।

इजरायल र लेबनानले अप्रिलमा प्रत्यक्ष वार्ता सुरु गरेका थिए भने पेन्टागनमा शुक्रबारको बैठक पछि वाशिंगटनमा अर्को हप्ता चौथो चरणको वार्ता हुने अपेक्षा गरिएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी सहर टायरमा शुक्रबार भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।

मार्चको सुरुमा अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको मृत्युको बदलामा इजरायलमा रकेट प्रहार गरे पछि लेबनान क्षेत्रीय युद्धमा तानिएको थियो ।

हेजबुल्लाहले अमेरिकी प्रतिनिधिहरूसँग वार्ताको कडा विरोध गर्दै निशस्त्रीकरण गर्न अस्वीकार गरेको छ ।

शुक्रबार लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले दक्षिणमा २० वटा भन्दा बढी स्थानमा इजरायली हवाई आक्रमण भएको रिपोर्ट गरेको छ ।

सयौं मानिसहरू तथा पर्यटकहरु पुरानो सहर टायरमा भागेका छन्, जुन हालैको इजरायली सेनाको निकासी आदेशमा समावेश गरिएको छैन ।

आश्रयहरू भरिएका कारण विस्थापित बासिन्दाहरू कार वा शिविरमा सुतिरहेको एएफपीले जनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणले मार्च –२ देखि कम्तिमा तीन हजार ३५५ जना व्यक्तिको ज्यान लिएको छ । (रासस/एएफपी)