५ श्रावण २०८३, मंगलवार
,
Latest
गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर



अ+ अ-

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर दुई सय तीन रुपैयाँ ५९ पैसा र बिक्रीदर दुई सय चार रुपैयाँ ३९ पैसा तथा स्वीस फ्राङ्क एकको खरिददर एक सय ९३ रुपैयाँ ८३ र बिक्रीदर एक सय ९४ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर एक सय आठ  रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय नौ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर एक सय ९० रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय १० रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय १९ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४३ पैसा र बिक्रीदर ४० रुपैयाँ ५९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा तथा यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैया ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६ रुपैयाँ ४७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६४ पैसा र बिक्रीदर २३ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १९ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ९४ रुपैयाँ ६२ पैसा र बिक्रीदर पाँच सय ९६ रुपिया ६१, बहराइन दिनार एकको खरिददर चार सय दुई रुपैयाँ ३९ पैसा र बिक्रीदर चार सय तीन रुपैयाँ ९८ पैसा तथा ओमानी रियाल एकको खरिददर तीन सय ९४ रुपैयाँ ०५ पैसा र बिक्रीदर तीन सय ९५ रुपैयाँ ६१ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।