२७ भाद्र २०८३, शनिबार
,
Latest
कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वायुसेवा निगमको निजीकरणप्रति असहमति हर्क राईको असहमति



अ+ अ-

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल वायुसेवा निगमको निजीकरणप्रति असहमति जनाउनुभएको छ ।

शुक्रवार सङ्घीय संसदको संयुक्त सदनमा बजेट प्रश्तुत भइरहेका बेला अध्यक्ष राई विशेष कामको कारण देखाउँदै बैठकको बीचैमा निस्किनुभएको थियो ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहँँले आफूले बजेट बहिष्कार नगरेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफदेही बनेका कारण आफ्नो आन्दोलनको औचित्य पूरा भएको र अहिले विशेष व्यक्तिगत कार्य व्यस्तताले गर्दा निस्कनुपरेको उहाँले बताउनु भयो ।

बजेटका प्रारम्भिक बुँदाहरूमाथि टिप्पणी गर्दै अध्यक्ष राईले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सरकारको योजनाप्रति असहमति व्यक्त गर्नुभयो ।

सरकारी निकायहरूलाई निजी क्षेत्रलाई सुम्पिनु भनेको अन्ततः ती निकायहरू बेच्नु सरह भएको उहाँको तर्क छ । विगतमा पनि सरकारी कलकारखानाहरू बन्द गर्ने र सम्पती विक्री गर्ने प्रवृत्तिले देशलाई घाटा पु¥याएको उल्लेख गर्दै उनले निगमको हकमा पनि त्यस्तै हुन लागेको भन्दै आपत्ति जनाउनु भयो ।

राईले भन्नुभयो, ‘यो बहिष्कार होइन, मेरो अन्यत्र विशेष काम भएकाले निस्किएको हुँ। सदनमा मेरो दलका अन्य सदस्यहरू हुनुहुन्छ, म पनि बाँकी अंश पछि सुन्नेछु ।’

उहाँले बजेटका सबै विषयवस्तुमाथि पछि विस्तृत अध्ययन गरी आफ्नो धारणा र टीकाटिप्पणी सार्वजनिक गर्ने जानकारी दिनुभयो ।–न्युज एजेन्सी नेपाल