३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने



अर्थमन्त्री डा. स्वर्णिम वाग्ले । तस्बिर : रत्न श्रेष्ठ / रासस
अ+ अ-

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने भएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी वर्ष २०८३ / ८४ को बजेट सङ्घीय संसद्को सयुक्त बैठकमा आज प्रस्तुत गर्दै निर्माणाधीन ती अस्पताल सो अवधिमा सम्पन्न गर्ने बताउनुभएको हो ।

आधारभूत अस्पताल निर्माणका लागि सरकारले रु पाँच अर्ब ९० करोड विनियोजन गरेको अर्थमन्त्री डा वाग्लेले बताउनुभयो ।

बजेट वक्तव्यमा मानव विकास सूचकाङ्क कम भएका हरेक प्रदेशका एक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण सुरु नभएका अस्पतालका हकमा वैज्ञानिक नक्साङ्कन गरेरमात्र निर्माण गर्ने अर्थमन्त्री डा वाग्लेले बताउनुभयो ।

सङ्घीय विशिष्टकृत अस्पतालमा जलन उपचार सेवा विस्तार गर्ने बजेटमा उल्लेख गरिएको छ । जलनको सघन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्ने उहाँले बजेटमा उल्लेख गर्नु भएको छ ।

मधेस प्रदेशमा मिगौला उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ ।

यस्तै, बालबालिकामा हुने क्यान्सर रोगको उपचार सरकार अस्पतालमा निःशुल्क गर्ने बजेटमा घोषणा गरिएको छ ।

नागरिकस्तरबाट स्थापना भई अन्तरराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त धुलिखेल सामुदायिक अस्पताल र काठमाडाँै ‘इन्स्टिच्युट चाइन्ड हेल्थ’को स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठानलाई आँखाको लेन्स उत्पादनमा प्रोत्साहन गर्न कर सहुलियत प्रदान गरिएको बजेटमा उल्लेख गरिएको छ । सरकारले माहामारी रोकथाम तथा प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा दु्रत प्रतिकार्य टोली खटाउने बजेटमा उल्लेख गरिएको छ ।

देशभित्र उत्पादन तथा आपूर्ति औषधि तथा निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीको गुणस्तर र नियमन सुनिश्चित गर्न ‘फुड एण्ड ड्रग एडिमिस्ट्रेशन’ स्थापना गर्ने बजेटमा उल्लेख गरिएको छ । रासस