२७ भाद्र २०८३, शनिबार
,
Latest
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कजाकिस्तानको उत्तर–पूर्वी क्षेत्रमा विमान दुर्घटना, १ जनाको मृत्यु



अ+ अ-

अल्माटी। कजाकिस्तानको उत्तर–पूर्वी पाभ्लोडार क्षेत्रमा पर्ने झेलेजिन्का गाउँ नजिक बुधबार हवाई कृषि–रसायन छर्कने कार्यमा प्रयोग भइरहेको एक विमान नियमित उडानको क्रममा दुर्घटनाग्रस्त भएको छ।

प्रारम्भिक जानकारीअनुसार, उक्त विमान दुई जना चालक दलका सदस्यसहित उडिरहेको अवस्थामा अचानक विद्युत् प्रसारण लाइनमा ठोक्किएपछि ठूलो दुर्घटना भएको हो।

ठोक्किनासाथ विमानमा क्षति पुगेको र नियन्त्रण गुमेपछि विमान जमिनमा खसेको बताइएको छ। घटनास्थलमै एक जना चालक दलका सदस्यको ज्यान गएको छ भने अर्का सदस्य गम्भीर घाइते भएका छन्।

स्थानीय आपतकालीन उद्धार टोली तत्काल घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाएको छ। दुर्घटनापछि क्षेत्रमा उद्धार तथा सुरक्षा टोली परिचालन गरिएको थियो।

अधिकारीहरूले प्रारम्भिक रूपमा विद्युत् लाइनसँग ठोक्किनु नै दुर्घटनाको मुख्य कारण भएको अनुमान गरे पनि वास्तविक कारण, उडानको अवस्था, मौसमीय स्थिति तथा प्राविधिक पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको बताएका छन्। (रासस/सिन्ह्वा)