४ असार २०८३, बिहीबार
,
Latest
शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा शेन्झोउ–२३ मानवयुक्त अन्तरिक्ष यानको सफल प्रक्षेपण



अ+ अ-

काठमाडौँ।चीनले आईतवार शेन्झोउ–२३ मानवयुक्त अन्तरिक्ष यानको सफल प्रक्षेपण गरेको छ । उत्तर–पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–२एफ क्यारियर रकेटमार्फत उक्त यान प्रक्षेपण गरिएको हो ।

जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रका अधिकारी ली बे  प्रक्षेपण पूर्णरूपमा सफल भएको औपचारिक घोषणा गर्नुभएको छ । यो यानले तीनजना अन्तरिक्ष यात्रीहरूलाई चीनको कक्षीय टियानगोङ अन्तरिक्ष स्टेशनमा पुर्याउनेछ ।

यस मिसनका लागि खटिएका चालक दलमा मिसन कमाण्डर झु याङ्झुसहित अन्तरिक्ष यात्रीहरू झाङ झियुआन र ली जियाइङ (लाई का–इङ) रहेका छन् ।

यी तीन अन्तरिक्ष यात्रीहरू क्रमशः उडान इन्जिनियर, अन्तरिक्ष यान चालक र पेलोड विशेषज्ञको रूपमा कार्यरत छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल