४ असार २०८३, बिहीबार
,
Latest
मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित



अ+ अ-

काठमाडौँ।  म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ (डा ल्हारक्याल लामा) सम्मानित हुनुभएको छ ।

बौद्ध धर्मको शुद्धता, संरक्षण तथा विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको हो ।

नेपालका लागि म्यानमारका राजदूत थान्त सिनले शुक्रबार काठमाडौँको साँखु–शङ्करापुर नगरपालिका–८ स्थित न्गाग्युर पल्युल लिङ मोनेस्ट्री, मणिचुडमा आयोजित विशेष समारोहबीच उहाँलाई सम्मान प्रदान गर्नुभएको हो ।

म्यानमार सरकारले प्रत्येक वर्ष बुद्ध धर्मको शास्त्रीय अध्ययन, साधना अभ्यास तथा बुद्ध शासनको संरक्षण र प्रवद्र्धनमा विशिष्ट योगदान दिने भिक्षु, भिक्षुणी तथा श्रद्धालु व्यक्तित्वहरूलाई विभिन्न धार्मिक सम्मान प्रदान गर्दै आएको छ ।

कार्यक्रममा म्यानमारका राजदूत, उपप्रमुख (डीसीएम) तथा प्रथम सचिव, श्रीलंकाका राजदूत, भारतीय दूतावासका उपप्रमुख (डीसीएम), अमेरिकी दूतावासका प्रथम सचिव, बैंगलोरस्थित महाबोधि सोसाइटीका अध्यक्ष तथा महासचिव, अखिल भिक्षु महासंघका अध्यक्ष, योल्मो समुदायका सदस्यहरू तथा भुटानबाट डा. करम फुन्त्सोकको उपस्थिति थियो । रासस