४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको राजधानी किभमा भीषण ब्यालेस्टिक मिसाइल आक्रमण, तीन जना घाइते



अ+ अ-

काठमाडौँ। युक्रेनको राजधानी किभमा आईतवार बिहानै शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र (मिसाइल) बाट भीषण आक्रमण भएको छ ।

किभ शहर सैन्य प्रशासनका प्रमुख टिमुर टकाचेन्कोले यस आक्रमणको पुष्टि गर्नुभएको छ । टकाचेन्कोकाअनुसार राजधानीको मध्य भागमा अवस्थित पोडिल्स्की जिल्लामा आक्रमणका कारण भीषण आगलागी भएको छ ।

सामाजिक सञ्जाल टेलिग्राममार्फत जानकारी दिँदै उहाँले उक्त घटनामा परी कम्तीमा तीन जना घाइते भएको बताउनुभएको छ ।

आक्रमणको सिलसिला अझै जारी रहेको र थप क्षेप्यास्त्र प्रहार हुनसक्ने उच्च जोखिम रहेकाले सतर्क रहन समेत सैन्य प्रशासनले आग्रह गरेको छ । युक्रेनी अधिकारीहरूले स्थितिको निरन्तर अनुगमन गरिरहेका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल