७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी प्रधानमन्त्री चीनमा, ‘साझा चासोका विषयमा’ छलफल हुने



अ+ अ-

बेइजिङ। इरान युद्धका कारण चार दिने भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ शनिबार चीन प्रस्थान गर्नुभएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले चिनियाँ उच्च अधिकारीसँग भेट्ने कार्यक्रम तय भएको तर उहाँहरूबीच मध्यपूर्वमा द्वन्द्वको बारेमा छलफल हुनेछ वा हुनेछैन भन्ने बिषयमा चिनियाँ विदेश मन्त्रालयले अझै भनाइ सार्वजनिक गरेको छैन ।

इस्लामाबाद र बेइजिङ दुवैले मध्यपूवै तनाव अन्त्यका लागि मध्यस्थता गर्न खोजेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको वार्ता रोकिएको बताउनुभएको छ। फेब्रुअरीमा इरानमाथि अमेरिका–इजरायल आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्ने प्रयासस्वरूप पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ देखि दुई हप्ताका लागि युद्धविरामको घोषणा गरिएको थियो ।

युद्धले मध्यपूर्वलाई सङ्कटग्रस्त बनाएको छ भने र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ।

चीनको चार दिने औपचारिक भ्रमणको लागि प्रधानमन्त्री सरिफ शनिबार झेजियाङ प्रान्तको हाङझोउस्थित विमानस्थलमा अवतरण गर्नुभएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

यसै साताको सुरुमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले ‘साझा चासोका विषयहरू’ मात्र छलफल हुने बताउनुभएको थियो ।

गुओले मध्यपूर्वमा शान्ति र स्थिरताको शीघ्र बहालीका लागि चीनले पाकिस्तानसँग मिलेर काम गर्ने बताउनुभएको छ।

उहाँले भन्नुभयो, “शान्ति प्रबद्र्धन गर्न र युद्ध अन्त्य गर्न निष्पक्ष र सन्तुलित मध्यस्थताको भूमिका निर्वाह गर्न चीनले पाकिस्तानलाई सहयोग गर्नेछ ।”

पाकिस्तान संयुक्त राज्य अमेरिका र इरानबीच केन्द्रीय मध्यस्थकर्ताको रूपमा देखा परेको छ, जसले गत महिना ऐतिहासिक प्रत्यक्ष वार्ताको आयोजना गरेको थियो तर वार्ताले दिगो समाधान दिन नसकेपछि थप वार्ताको पहल भइरहेको छ।

बितेका दुई हप्तामा बइेजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण भएको छ भने पाकिस्तानी प्रधानमन्त्री यो अवधिमा चीन भ्रमण गर्ने तेस्रो उच्च पदस्थ विदेशी नेता हुनुहुन्छ ।  (रासस/एएफपी)