७ श्रावण २०८३, बिहीबार
,
Latest
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

केभिन वार्सले सम्हाले अमेरिकी केन्द्रिय बैंक ‘फेड’: ह्वाइट हाउसमा भयो शपथ ग्रहण



अ+ अ-

काठमाडौँ। केभिन वार्सले अमेरिकी केन्द्रिय बैंक, फेडरल रिजर्भ सिस्टमको ‘बोर्ड अफ गभर्नर्स’ को अध्यक्षका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

ह्वाइट हाउसमा शुक्रवार आयोजित एक विशेष समारोहका बीच उहाँले आफ्नो चार वर्षको कार्यकालका लागि कार्यभार सम्हाल्नुभएको हो ।

सन् १९८७ मा एलन ग्रिनस्प्यानले शपथ लिएपछि राष्ट्रपति निवास (ह्वाइट हाउस) मा शपथ ग्रहण गर्ने वार्स पहिलो ‘फेड’ अध्यक्ष बन्नुभयो । समारोह ह्वाइट हाउसको ‘इस्ट रूम’ मा सम्पन्न भएको थियो ।

शपथ ग्रहणपछि संक्षिप्त मन्तव्य राख्दै नवनियुक्त अध्यक्ष वार्सले आफूले फेडरल रिजर्भलाई सुधारमुखी ढङ्गले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनियुक्त अध्यक्ष वार्सलाई पूर्ण रूपमा स्वतन्त्र भएर काम गर्न सुझाव दिनुभयो ।

सो अवसरमा राष्ट्रपति ट्रम्पले फेडरल रिजर्भको हालैका वर्षहरूको कार्यशैलीप्रति आलोचना समेत गर्नुभयो । ट्रम्पकाअनुसार धेरैको नजरमा फेड आफ्नो मुख्य उद्देश्य र जनादेशबाट विचलित भएको छ ।

उहाँले फेड पछिल्लो समय जलवायु नीति र ‘डिइआई’ (विविधता, समानता र समावेशीकरण) जस्ता आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका विषयमा केन्द्रित भएको आरोप लगाउनु भयो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल