३१ श्रावण २०८३, आईतवार
,
Latest
जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ? स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिक्रमण गरी बनाइएका संरचना हटाइने



फाइल फोटो
अ+ अ-

दाङ। सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ ।

डिभिजनअन्तर्गत पर्ने विभिन्न सडक सीमा अतिक्रमण गरी व्यक्ति तथा संस्थाहरुले सार्वजनिक सडक ऐन २०३१ को बर्खिलाप हुने गरी बनाइएका घरटहरा र पर्खाल हटाउन जारी सूचनामा उल्लेख गरिएको छ ।

सडक सीमा अतिक्रमित हँुदा सवारी आवागमनमा असर पुग्नुका साथै सडक सुरक्षामा समेत गम्भीर असर पर्ने भएको भन्दै डिभिजनले सूचनाअनुसार १५ दिनभित्र निर्मित संरचना हटाउन अनुरोध गरेको छ । सूचनालाई बेवास्ता गरे कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने र संंरचना भत्काउँदा लाग्ने खर्चसम्बन्धी व्यक्तिबाट असुल गरिने गरिने सूचनामा उल्लेख छ ।

कार्यालयले जारी गरेको सूचनामा पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि शिवखोला सडकखण्ड, सहिदमार्गको–कोइलावास–लमही–घोराही सडकखण्ड, राप्ती राजमार्गको–अमेलिया–तुलसीपुर–सितलपाटी खौलापास सडकखण्ड, हुलाकी राजमार्गको–गढवा–राजपुर सडक, मदन भण्डारी राजमार्गको शीतलपाटी–खलङ्गा–बालुवा सङ्ग्रही सडकखण्ड, मुर्कृटी–घोराही–तुलसीपुर–काल्चे सडकखण्ड,भालुबाङ–गनाहा–सडकखण्ड र रारा राजमार्गको–थारमारे–चौरजहारी सडकखण्डको सिमा अतिक्रमण भएको उल्लेख छ । रासस