२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरीको हेलिकप्टरबाट उद्धार



फाइल फोटो
अ+ अ-

हुम्ला। नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी ब्यथाले छटपटाकी एक महिलाको उद्धार गरिएको छ ।

हुम्लाको मध्यभेगमा रहेको सर्केगाड गाउँपालिका–१, की १९ वर्षीया ललिता नेपालीलाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत उद्धार गरिएको हो ।

सोमबार साँझदेखि सुत्केरी ब्यथा लागेपछि हुम्लाबाट नेपालीलाई उपचारका लागि बाजुरा जिल्ला अस्पताल पु¥याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको जिल्ला अस्पताल हुम्लाका अनमी सरिता बोहराले बताउनुभयो ।

ललिताको गर्भमा दुई शिशु रहेकामा अवस्था जटिल देखिएपछि (एनआइसियु) सेवा आवश्यक भएकाले बाजुरा जिल्ला अस्पतालबाट सुर्खेत पठाइएको बाजुराकी स्वास्थ्यकर्मी शान्ति कैलाले बताउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’अन्तर्गत ती महिलाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उपचारका लागि सेनासँगको समन्वयमा निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

समयमै उद्धार गरी प्रदेश अस्पताल पु¥याइएपछि ती महिलाको ज्यान जोखिममुक्त भएको र अहिले थप उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । रासस