२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारा पौडी टोली जापान जाने



अ+ अ-

काठमाडौं। पारा पौडी विश्व सिरिजमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली शनिबार जापानको फुजी सिजुओका जाने भएका छन् ।

यहि जेठ १५ देखि १७ गतेसम्म हुने प्रतियोगिताको पुरुष एस ९ क्याटगोरीमा मेम्बरसिंह स्याङबा तथा महिला एस ६ क्याटगोरीमा जेनिशा कडायतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

दुवैले ५० र एक सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । टोली प्रमुखमा राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ रहेका छन् । विश्व सिरिज जापानमा हुने पारा एसियाली खेलकुदको छनोटका रुपमा समेत रहेको संघले जनाएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज सफलताको शुभकामना दिदै बिदाइ गर्नुभयो ।रासस