२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री आचार्यसँग स्वीस दूतावास सहयोग प्रमुख मायरको शिष्टाचार भेट



अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपालस्थित स्वीस दूतावास सहयोग प्रमुख माथियस मायरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेशलाई समृद्ध बनाउन प्राविधिक शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन, नव प्रवर्तन र सीपमूलक शिक्षामार्फत प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई गति दिन सकिने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले सङ्घीयता सुदृढीकरणका लागि प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले प्रदेशलाई अझ बलियो बनाउने गरी भूमिका विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै अन्तरप्रदेश समन्वय बढाउन लुम्बिनी प्रदेशले पहल गरिरहेको जानकारी दिनुभयो ।

उहाँले सातै प्रदेशका मुख्यमन्त्रीबीच गोलमेच सम्मेलन आयोजना गर्ने तथा साझा छलफलको वातावरण निर्माण भएको बताउनुभयो । सङ्घीय शासन प्रणाली प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय अझ सुदृढ हुनुपर्ने उहाँको भनाइ थियो ।

स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायरले स्वीस सरकार र नेपालबीच मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै सङ्घीयताको सुदृढीकरण, नव प्रवर्तनको क्षेत्रमा सहकार्यले निरन्तरता पाएको बताउनुभयो ।

भेटवार्तामा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव कृष्णप्रसाद काप्री,  प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लिराज अर्यालको समेत सहभागिता रहेको थियो ।

भेटवार्ताका क्रममा नेपाल र स्विट्जरल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्ध, नव प्रवर्तन, प्राविधिक शिक्षा तथा दक्ष जनशक्ति उत्पादनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । रासस