२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नीति तथा कार्यक्रममा दोस्रो चरणको आर्थिक सुधार समेटिनु स्वागतयोग्यः सीएनआई



अ+ अ-

काठमाडौँ।  सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारको नीति तथा कार्यक्रममा निजी क्षेत्रले उठाउँदै आएका धेरै विषयहरू समेटिएको भन्दै यसलाई स्वागतयोग्य कदमका रूपमा टिप्पणी गर्नुभएको हो ।

नीति तथा कार्यक्रममाथि प्रारम्भिक प्रतिक्रिया दिँदै अध्यक्ष पाण्डेले सूचना प्रविधि (आईटी) क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा अगाडि बढाउने घोषणा सकारात्मक रहेको बताउनु भयो ।

त्यसैगरी, सरकारले डिजिटल अर्थतन्त्रको विकास, महिला उद्यमीलाई सहयोग र विदेशी लगानी आकर्षित गर्न लगानीकर्तालाई भिसा सुविधा उपलब्ध गराउने जस्ता विषयलाई प्राथमिकतामा राखेको छ ।

एक महिनाभित्रै कम्पनी दर्ता गर्ने व्यवस्था र झन्झटरहित लगानीको वातावरण बनाउने सरकारको घोषणाले लगानीकर्तालाई थप प्रोत्साहित गर्ने अध्यक्ष पाण्डेको विश्वास छ ।

पूर्वाधार क्षेत्रमा लगानी वृद्धि गर्न ‘अल्टरनेटिभ फाइनान्स’ का मेकानिजमहरू ल्याउने र सार्वजनिक संस्थानहरूमा रणनीतिक साझेदार भित्र्याउने विषयलाई पनि परिसंघले सकारात्मक रूपमा लिएको छ ।

त्यस्तै, हरित विकास, ऊर्जा, पर्यटन क्षेत्रमा सुधार, स्टार्टअप र नवप्रवर्तन (इनोभेसन) मा गरिएको जोडले मुलुकको समग्र आर्थिक विकासमा टेवा पुग्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आईटी सेक्टरलाई रणनीतिक उद्योगको रूपमा अगाडि लैजाने कुरा ज्यादै सकारात्मक छ । यो धेरै सम्भावना भएको क्षेत्र हो र परिसंघले पनि यसलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै आएको थियो ।

सन् १९९० को दशकमा सुरु भएको पहिलो चरणको आर्थिक सुधारले उदारिकरणको लहर ल्याएको थियो, जसको लाभ हामीले अहिलेसम्म लिइरहेका छौं । दोस्रो चरणको आर्थिक सुधारका लागि हामीले लामो समयदेखि माग गरिरहेका थियौं ।

अहिलेको नीति तथा कार्यक्रममा यो विषय समेटिनुले कानूनी र कर प्रणालीमा सुधार गर्दै आन्तरिक उत्पादन बढाउन, आयात प्रतिस्थापन गर्न र रोजगारी सिर्जना गर्न सहयोग पुग्नेछ ।’

अध्यक्ष पाण्डेले विशेषगरी ‘दोस्रो चरणको आर्थिक सुधार’ (सेकेण्ड जेनेरेसन इकोनोमिक रिफर्म) को घोषणालाई महत्वपूर्ण उपलब्धिका रूपमा औंल्याउनु भयो । सरकारले सुशासन कायम गर्न राष्ट्रिय शतर्कता केन्द्रलाई सक्रिय बनाउने विषय पनि सकारात्मक रहेको परिसंघले जनाएको छ ।

यद्यपि, नीति तथा कार्यक्रममा समेटिएका विषयहरूलाई आगामी बजेटले कसरी सम्बोधन गर्छ र सरकारले त्यसलाई कसरी कार्यान्वयनमा लैजान्छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुने अध्यक्ष पाण्डेको भनाइ छ ।

परिसंघले नीति तथा कार्यक्रमको विस्तृत अध्ययन गरी आफ्नो आधिकारिक धारणा र सुझावहरू सरकारलाई बुझाउने तयारी गरेको छ । एक जिम्मेवार निजी क्षेत्रको रूपमा सरकारसँग समन्वय गर्दै अगाडि बढ्न परिसंघ प्रतिवद्ध रहेको पाण्डेले स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल