१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन



अ+ अ-

ललितपुर। बेलायतमा बसोबास गर्दै आउनुभएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता सङ्ग्रह ‘थेम्सको लहरमा तमोरको स्पर्श’ विमोचन गरिएको छ ।

ओयाम सरोकार समाज, काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार एवम् लेखक खगेन्द्र सङ्ग्रौलालगायतले कृति विमोचन गर्नुभयो । त्यस अवसरमा सङ्ग्रौलाले उक्त कृतिमा देश छोड्नु पर्ने विवशता, प्रवासी जीवनका विषय, मानव जीवनको जरा, नारी चेतनाका बिषय समेटिएको बताउनुभयो ।

चलचित्र निर्देशक एवम् कवि नविन लिम्बुले उक्त कृतिमा याक्थुम चेतना, समग्रता, सम्पूर्णता, सहअस्तित्व रहेको उल्लेख गर्दै महिलावादको विषय पनि रहेको भनाइ राख्नुभयो ।

कवि बिमला तुम्खेवा विश्वव्यापी लेखकीय संरचनामा महिलाहरुको बिषयलाई प्रमुख बनाइने गरेको भन्दै सुन्दर समाज निर्माणका निम्ति सुधारका पक्षमा कविताले समस्या उजागर गरेको उल्लेख गर्नुभयो ।

कृतिको समीक्षा गर्ने क्रममा गुरुङ सुशान्तले उक्त कविता सङ्ग्रह स्मृति, भाषा संस्कृति र चेतनाको वैचारिक दस्तावेज भएको बताउनुभयो । नेपाली मानव सभ्यता र सांस्कृतिक अस्तित्वको सङ्कटलाई पुस्तकमा चित्रण गरिएको उहाँको भनाइ थियो ।

कवि शान्ति लिम्बूले निरन्तर अगाडि बढ्नु जीवनको एउटा पाटो भएको उल्लेख गर्दै मनमा आएका धेरै भावना र कुराहरूलाई समेटेर कविता कृति तयार पारेको बताउनुभयो । रत्नपुस्तक भण्डारले प्रकाशन गरेको उक्त कृतिमा स्त्री, प्रकृति, देश र परदेशका विषयवस्तु र भावलाई प्रस्तुत गरिएको छ ।  रासस