१२ श्रावण २०८३, मंगलवार
,
Latest
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय अवस्थामा कार्यसम्पादनमा समस्या हुने गरेको गुनासा रहेको बताउनुभएको छ ।

आज यहाँ मुख्य न्यायाधिवक्ताको सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उहाँले छिटोछरितो न्यायसम्पादनको अवस्था बनाउनपर्नेमा जोड दिनुभयो ।

प्रदेश प्रमुख मियाँले सीमित स्रोतसाधनकाबीच पनि कार्यसम्पादन भइरहेकामा प्रशंसा गर्दै मुख्य न्यायाधिवक्तासहित सम्पूर्ण टोलीलाई अझै उच्च मनोबलसहित काम गर्न सुझाव दिनुभयो ।

मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन हस्तान्तरण गर्दै कार्यसम्पादनको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँले सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा गरेका बहस पैरवी, जिल्लाका विद्यार्थीलाई दिइएको कानुनी साक्षरता र सचेतना, कारागार अनुगमन, अन्य प्रदेशबाट सिकिएका असल अभ्यास तथा स्थानीय तहका न्यायिक समितिलाई गरिएको प्रशिक्षण एवं अन्तरक्रियाबारे जानकारी गराउनुभयो ।

मुख्य न्यायाधिवक्ता जोशीले प्रतिवेदनमार्फत आठबुँदे सुझाव पनि दिएकाले तिनको कार्यान्वयनमा सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश प्रमुख मियाँले उक्त प्रतिवेदन यथाशीघ्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेशसभामा पठाइने र त्यसमा विस्तृत छलफल भई सुझाव सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । रासस