१२ श्रावण २०८३, मंगलवार
,
Latest
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श



अ+ अ-

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगले शुक्रबार बुद्ध पूर्णिमाका अवसरमा ‘बुद्ध, जेनेभा महासन्धि र विश्व शान्ति’ विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ ।

त्यस अवसरमा बुद्धका अहिंसा, करुणा, सचेतना तथा शान्तिपूर्ण सहअस्तित्वसम्बन्धी शिक्षाले युद्ध सीमित गर्ने र मानव सुरक्षामा केन्द्रित जेनेभा महासन्धिको मानवीय मूल्यमान्यतासँग पूरक सम्बन्ध राख्ने विचार वक्ताहरूले व्यक्त गर्नुभएको थियो ।

उक्त नियोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जेनेभास्थित प्याले दे नेसन्समा आयोजित कार्यक्रममा नेपालका स्थायी प्रतिनिधि राजदूत रामप्रसाद सुवेदी, स्वीस महासङ्घको सङ्घीय विदेश मामिला विभागअन्तर्गत एशिया–प्रशान्त महाशाखाका प्रमुख मार्कस लाइट्नर, मङ्गोलियाकी स्थायी प्रतिनिधि दावाासुरेन गेरेल्मा, थाइल्याण्डकी स्थायी प्रतिनिधि उसाना बेरानान्दा, अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ (आइएफआरसी) का महासचिव जगन चापागाईं, शान्तिका लागि विश्वविद्यालय (युपिस)का स्थायी पर्यवेक्षक डेभिड फर्नान्डेज पुयाना, अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) की अन्तरराष्ट्रिय कानुन नीति तथा अभिलेख निर्देशक इभा स्वोबोडा तथा जेनेभा ग्राजुएट इन्स्टिच्युटकी निर्देशक मेरी–लउरे साल्सले बुद्धका उपदेशबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

राजदूत लाइट्नरले विश्वमा शान्ति कायम गर्न बुद्धले गर्नुभएको योगदानको स्मरण गर्दै नेपाल–स्वीट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको र दुई देशबीचको मित्रता एवं सहकार्य सघन भएको बताउनुभयो ।

साथै बङ्गलादेश, भुटान, कम्बोडिया, भारत, लाओस, मेक्सिको, सिङ्गापुर, श्रीलङ्का, भियतनाम, नर्वे तथा पाकिस्तानका प्रतिनिधिहरूले पनि बुद्धका उपदेशबारे धारणा राखेका थिए ।

कार्यक्रममा स्वीट्जरल्यान्ड सरकार, विभिन्न अन्तरराष्ट्रिय सङ्गठन, शैक्षिक क्षेत्र, नागरिक समाज तथा सरोकार भएका अन्य निकायका प्रतिनिधिसहित एक सय जनाभन्दा बढीको उपस्थिति थियो ।

उक्त कार्यक्रमले नेपाल–स्वीट्जरल्यान्डबीचको ७० वर्षे कूटनीतिक सम्बन्ध, बुद्धका शिक्षासँग जेनेभा महासन्धिको अन्तरसम्बन्ध तथा लुम्बिनी र जेनेभाबीचको सम्बन्धलाई पुनः जोड्ने अवसर प्रदान गरेको विज्ञप्तिमा जनाइएको छ । रासस