२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो



अ+ अ-

काठमाडौँ। एकासिऔँ विजयोत्सवका अवसरमा यहाँस्थित रुसी दूतावासको आयोजनामा कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा शुक्रबार तस्विर प्रदर्शनी तथा विविध साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमअन्तर्गत बिहान “भिक्ट्री अटो ¥याली” निकालिएको थियो । विजय र “अमर रेजिमेन्ट” का झण्डाहरू फहराउँदै सजाइएका सवारी साधनहरूको ¥याली नेपाल उक्त केन्द्रबाट सुरु भई रुसी दूतावाससम्म पुगेको थियो । ¥यालीका सहभागीले महान दोस्रो विश्वयुद्धमा भाग लिएका आफ्ना आफन्तका तस्बिरहरू समेत बोकेका थिए ।

सोभियत सङ्घका जनताले मातृभूमिको रक्षाका लागि आफ्नो सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको इतिहास तस्विरका माध्यमबाट प्रस्तुत गरिएको छ ।

प्रदर्शनीको उद्घाटन नेपालका लागि नवनियुक्त रुसी महासङ्घका राजदूत एलेक्सी सुरोवत्सेभले गर्नुभयो ।

राजदूत सुरोवत्सेभले विजय दिवसलाई ‘आँसुका साथ मनाइने उत्सव’ भन्दै त्यसले विश्व शान्तिका लागि गरिएको बलिदानको सम्झना गराउने बताउनुभयो ।

उहाँले सोभियत सङ्घका जनताको एकता र आत्मत्याग नै विजयको प्रमुख आधार भएको उल्लेख गर्दै नाजी विचारधाराको पुनरुत्थान अस्वीकार्य छ भन्नुभयो ।

त्यस अवसरमा सोभियत तथा रुसी विश्वविद्यालयका पूर्वविद्यार्थी, मित्रकुञ्जका सदस्य तथा विभिन्न नेपाली सामाजिक संस्थाका प्रतिनिधि तथा वरिष्ठ पत्रकारहरूको उपस्थिति थियो । हरेक वर्ष मे ९ मा रुसी महासङ्घमा विजयोत्सव मनाइन्छ । रासस