१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिका प्रथम



अ+ अ-

जुम्ला। जिल्लाको हिमा गाउँपालिका-२ स्थित ओदीमा सञ्चालन भएको १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हिमा गाउँपालिकाका प्रथम भएको छ ।

शुक्रबार भएको फाइनल खेलमा हिमाले २५ वटा स्वर्ण पदक प्राप्त गरी प्रथम भएको हो । चन्दननाथ नगरपालिकाले १४ वटा स्वर्ण पदक प्राप्त गरी दोस्रो स्थान हुँदा पातारासी गाउँपालिका पाँच स्वर्ण पदकसहित तेस्रो भएको हिमा गाउँपालिका खेलकुद तथा शिक्षा शाखा प्रमुख बमबहादुर शाहले जानकारी दिनुभयो ।

यसैगरी क्रमशः कनकासुन्दरी गाउँपालिका चौथो, सिंजा पाँचौँ, तिला सातौँ र तातोपानी गाउँपालिकाका आठौँ भएका शाहले जानकारी दिनुभयो । यहाँका सातवटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडी जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका उहाँले बताउनुभयो ।

जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा कराँते, उशु, तेक्वान्दो, भलिबल, एथलेटिक्स, कबड्डीलगायत खेल भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिनुभयो ।

जिल्लाका आठवटा स्थानीय तहमध्ये गुठीचौर गाउँपालिकाबाहेक सात स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जनाएको छ । रासस