६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग वाणिज्य महासङ्घ निर्वाचनः मतदान अधिकार पाउने सदस्य सङ्घसंस्थाको सूची सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि मुख्य प्रतिनिधिहरूको नामावली सार्वजनिक गरिएको छ। महासंघले आगामी वैशाख २१ र २२ गते हुने साधारण सभालाई लक्षित गर्दै विभिन्न क्षेत्र र संरचनाबाट प्रतिनिधिहरूको सूची तयार पारेको हो।

महासंघको निर्वाचन प्रक्रियामा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको महत्वपूर्ण भूमिका रहनेछ। कोशी प्रदेशबाट बेलवारीका विवेक मिश्र, भोजपुरका बद्री कुमार श्रेष्ठ, बिर्तामोडका राजु न्यौपाने र मोरङका नन्दकिशोर राठी प्रतिनिधिका रूपमा रहेका छन्। त्यसैगरी गण्डकी प्रदेशबाट बागलुङका राजन कुमार शाक्य, गोरखाका भगवान बाबु मास्के र लमजुङका भरत कुमार श्रेष्ठ चयन भएका छन् भने कर्णाली प्रदेशबाट सुर्खेत (भेरी) का सोमराज ढकाल, दैलेखका नरेन्द्र बहादुर थापा र जुम्लाका दिल बहादुर रोकाया प्रतिनिधि रहेका छन्।

वस्तुगत संघतर्फ होटल व्यवसायी महासंघबाट तुलसीराम भण्डारी (शंकर), कम्प्युटर एशोसिएशन नेपाल (क्यान) बाट सुनैना घिमिरे, नेपाल हस्तकला महासंघबाट रविन्द्र शाक्य, नेपाल चामल, तेल, दाल उद्योग संघबाट डा. सुबोध कुमार गुप्ता तथा नेपाल सिमेन्ट उत्पादक संघबाट रघुनन्दन मारु प्रतिनिधिका रूपमा सहभागी हुने भएका छन्।

त्यस्तै द्वि-राष्ट्रिय उद्योग वाणिज्य संघहरूबाट पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। नेपाल–अमेरिका उद्योग वाणिज्य संघबाट पशुपति देव पाण्डे, नेपाल–भारत उद्योग वाणिज्य संघबाट राजन शर्मा र नेपाल–चीन उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर मुख्य प्रतिनिधिका रूपमा रहेका छन्।

महासंघका एशोसिएट सदस्यतर्फ ठूला व्यावसायिक घरानाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। यस अन्तर्गत चन्द्र प्रसाद ढकाल, हेमन्त गोल्छा, राजेश कुमार अग्रवाल र शिव प्रसाद घिमिरे लगायत व्यवसायीहरू विभिन्न कम्पनी तथा संस्थाहरूको प्रतिनिधित्व गर्दै सूचीमा समावेश छन्।

सार्वजनिक गरिएको नामावलीलाई महासंघको आगामी नेतृत्व चयन र नीतिगत निर्णयका दृष्टिले महत्वपूर्ण मानिएको छ। यस पटकको साधारण सभाले नयाँ कार्यसमिति चयन गर्ने भएकाले प्रतिनिधिहरूको भूमिका अझ निर्णायक हुने अपेक्षा गरिएको छ।

FNCCI