७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी

पूर्व–प्राथमिक शिक्षकको क्षमता अभिवृद्धिका लागि नेसनल प्याब्सन कास्कीको पुनर्ताजगी कार्यशाला सम्पन्न

पूर्व–प्राथमिक शिक्षकको क्षमता अभिवृद्धिका लागि नेसनल प्याब्सन कास्कीको पुनर्ताजगी कार्यशाला सम्पन्न
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कास्कीले आफ्ना सदस्य विद्यालयमा कार्यरत पूर्व–प्राथमिक तहका शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा एकदिने पुनर्ताजगी कार्यशाला सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा शुक्रबार आयोजित कार्यक्रममा प्रशिक्षकद्वय खिमराज सुबेदीसविता कोइरालाले सहजीकरण गरेका थिए। प्रशिक्षणका क्रममा उनीहरूले कला र शिल्प, खेलकुद तथा प्रविधिको समुचित प्रयोग गर्दै गीत र कथामार्फत शिक्षण गर्ने विधि, त्रुटि पहिचान तथा सुधारका उपाय, साथै प्रयोगात्मक शिक्षणका विविध पद्धतिबारे सहभागीहरूलाई जानकारी गराएका थिए।

प्रशिक्षकहरूले निरन्तर अभ्यासबाट मात्रै शैक्षिक तथा सिर्जनात्मक क्षमता विकास सम्भव हुने उल्लेख गर्दै व्यवहारमुखी सिकाइ र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिमा जोड दिन शिक्षकहरूलाई आग्रह गरेका थिए।

र्यक्रमको सञ्चालन नेसनल प्याब्सन कास्कीका सचिव इजिना केसीले गरेकी थिइन्। पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत सोमनाथ भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई र केन्द्रीय व्यवस्थापन समिति संयोजक कमल रानाभाटलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यशालामा नेसनल प्याब्सन कास्कीमा आबद्ध विद्यालयका ९० भन्दा बढी पूर्व–प्राथमिक तहका शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यशाला उपयोगी तथा प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।