६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानको नयाँ प्रश्तावप्रति अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट



अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्व अन्त्यका लागि पेस गरिएको पछिल्लो शान्ति प्रश्तावप्रति आफू सन्तुष्ट नरहेको बताउनुभएको छ ।

हाल युद्धविरामको अवस्थामा रहेको मध्यपूर्वी मुलुक इरानसँगको तनाव व्यवस्थापनका लागि आएको उक्त प्रस्तावलाई ट्रम्पले पर्याप्त नभएको टिप्पणी गर्नुभएको हो ।

पाकिस्तानी मध्यस्थकर्तामार्फत इरानले बिहीवार अमेरिकालाई सम्भावित शान्ति सम्झौताको मस्यौदा बुझाएको थियो। उक्त प्रस्तावबारे प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘उनीहरू सम्झौता गर्न त चाहन्छन्, तर म यसमा सन्तुष्ट छैन। अब के हुन्छ, त्यो हेर्दै जाऔँ।’

राष्ट्रपति ट्रम्पकाअनुसार हाल दुई देशबीच टेलिफोनमार्फत वार्ताका प्रयासहरू भइरहेका छन्। यद्यपि, उहाँले इरानी नेतृत्वभित्र ठूलो मतभेद र विभाजन रहेको दाबी गर्नुभयो ।

‘इरानको नेतृत्व अत्यन्तै विखण्डित छ। त्यहाँ तीन–चारवटा समूहहरू सक्रिय छन् जसका कारण उनीहरूबीच आपसी समन्वयको अभाव देखिन्छ ।’ ट्रम्पले भन्नुभयो।

यसै क्रममा ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै अब इरानसँग दुईवटा मात्र विकल्प बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार इरानले कि त अमेरिकाले चाहेको जस्तो सम्झौता गर्नुपर्नेछ, अन्यथा सैन्य आक्रमणको सामना गर्नुपर्नेछ । ट्रम्पले अमेरिकी सेन्ट्रल कमाण्डबाट सैन्य विकल्पहरूका बारेमा पछिल्लो ब्रिफिङ लिइसकेको समेत जानकारी दिनुभयो ।

अर्कोतर्फ, ट्रम्पले अमेरिकी संसदको ‘वार पावर्स एक्ट’ (युद्ध शक्ति ऐन) लाई पूर्ण रूपमा असंवैधानिक भन्दै खारेज गरिदिनुभएको छ । यो ऐनले कङ्ग्रेसको अनुमतिबिना राष्ट्रपतिलाई ६० दिनभन्दा बढी सैन्य बल प्रयोग गर्न रोक लगाउँछ । ट्रम्पले भन्नुभयो, ‘यसअघि कहिल्यै प्रयोगमा नआएको यो ऐन असंवैधानिक छ। हामी कङ्ग्रेसको सम्पर्कमा त छौँ, तर यो ऐनको पालना गर्न हामी बाध्य छैनौँ।’

यसअघि अमेरिकी रक्षा सचिव पिट हेगसेथले हालको अनिश्चितकालीन युद्धविरामले गर्दा युद्ध ‘रोकिने’ (एबगकभ) र यसले गर्दा ह्वाइट हाउसका लागि ६० दिनको समयसीमा तत्काल आकर्षित नहुने दाबी गर्नुभएको थियो ।

‘वार पावर्स एक्ट’ अनुसार राष्ट्रपति ट्रम्पले सैन्य कारबाही जारी राख्न वा अन्त्य गर्न शुक्रवारसम्म कङ्ग्रेसबाट अनुमति लिनुपर्ने कानूनी प्रावधान थियो । उक्त समयसीमालाई थप ३० दिन विस्तार गर्ने विकल्प रहे पनि ट्रम्पले ऐनको संवैधानिक हैसियतमाथि नै प्रश्न उठाउनुभएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल