१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोबेल शान्ति पुरस्कारका लागि २८७ व्यक्ति र संस्थाको नाम सिफारिस



अ+ अ-

ओस्लो। सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि २८७ जनाको नाम सिफारिस गरिने भएको छ ।

नयाँ सिफारिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि समावेश भए नभएको अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।

नर्वेको नोबेल कमिटीका सचिव क्रिस्टियन बर्ग हार्पविकनले बिहीबार भन्नुभयो, “यस वर्षको मनोनयनमा २०८ व्यक्ति र ७९ संस्थाहरू समावेश छन्।”

उहाँले गत वर्षको तुलनामा यो पटक धेरै नयाँ नाम रहेको पनि जानकारी दिनुभयो । उहाँले सिफरिसमा अमेरिकी राष्ट्रपति ट्रम्पको नाम समावेश भएको भन्ने बिषयमा कुनै टिप्पणी गरेका छैनन् ।

“म अहिले यो काममा नयाँ छु,” जनवरी २०२५ मा सचिव नियुक्त भएका हार्पविकनले भन्नुभयो ।

उहाँले भन्नुभयो, “मलाई अचम्म लागेको कुरा यो हो कि यो सूची वर्षैपिच्छे कति धेरै परिवर्तन भएको छ। विश्वभरि बढ्दो द्वन्द्व र अन्तर्राष्ट्रिय सहयोगको दबाबका बाबजुद पनि यो पुरस्कार आज पनि सान्दर्भिक छ ।”

उहाँले भन्नुभयो, “हामी बाँचिरहेको समयमा शान्ति पुरस्कार अझ महत्त्वपूर्ण हुन्छ। पहिले जस्तै र अहिले अझ बढी राम्रो काम भइरहेको छ ।”(रासस/एएफपी)