७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी

रसुवामा याक तथा चौँरी महोत्सवबाट किसान उत्साहित

रसुवामा याक तथा चौँरी महोत्सवबाट किसान उत्साहित
अ+ अ-

काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित पार्वती कुण्ड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको याक तथा चौँरी महोत्सव सम्पन्न भएको छ ।

उक्त महोत्सवबाट यहाँका किसान उत्साहित भएका छन् । चौँरीगाईपालन व्यवसायलाई प्रवद्र्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवबाट चौँरीको चीज, दूध, दही, छुर्पीलगायतका परिकार बजारीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय उत्पादनलाई बजारसँग जोड्न र उच्च हिमाली भेगमा आधारित पशुपालन व्यवसायलाई व्यावसायिक बनाउने लक्ष्यसहित यही वैशाख १३ देखि १५ गतेसम्म महोत्सवको आयोजना गरिएको थियो ।

आमाछोदिङ्मो–३ गतलाङस्थित वाङ्चो माने र यार्चामाने वन उपभोक्ता समितिअन्तर्गतको जङ्गललाई चरिचराउ क्षेत्रका रुपमा विकास गर्न समेत महोत्सवबाट मद्दत पुग्ने छ ।

गतलाङ क्षेत्रमा चौँरीसँगै भेडाबाख्रापालनसमेत हुने भएकाले भेडाको ऊनबाट उत्पादन हुने राडी, पाखी, गलैँचा, स्विटर, पटुका तथा टोपीजस्ता सामग्रीको बजारीकरणबारे महोत्सवमा जानकारी गराइएको गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष सुरेन्द्र तामाङले बताए ।

स्थानीय परम्पराअनुसार हिउँदमा चौँरीगाईलाई बारीमा राख्ने र वर्षायाममा उच्च हिमाली जङ्गल क्षेत्रमा चराउने चलन अझै कायम छ । पशुलाई वर्षायाममा चार हजार मिटर आसपाससम्मको चरन क्षेत्रमा लैजाने गरिन्छ ।

आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले पशुपालक किसानलाई आवश्यक प्रविधि, बजारीकरण र पूर्वाधार सहयोग उपलब्ध गराउन स्थानीय सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले वनजङ्गलको संरक्षणसँगै पशुपालन व्यवसाय अघि बढाउनुपर्नेमा जोड दिए । स्थानीय फुर्पु तामाङका अनुसार तीन दिनसम्म सञ्चालन भएको महोत्सवले किसानको आत्मविश्वास बढाउनुका साथै चौँरीपालन व्यवसायप्रति नयाँ पुस्तालाई आकर्षित गरेको छ ।