७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी

माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति
default
अ+ अ-

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण सुरु भएको १३ महिनाको अवधीमा ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

हाइड्रो इम्पायर लिमिटेड प्रवर्द्धक रहेको ४६ दशमलव २५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, ‘हाइड्रो’ र ‘इलेक्ट्रोमेकानिकल’ तर्फका निर्माणलाई समानान्तरण रूपमा तीव्रता दिएको हो ।

विसं २०८१ चैत महिनादेखि निर्माण थालिएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख रमेश सुवेदीले जानकारी दिए ।

“सुरुङसहितका भूमिगत संरचनालाई अबको आठ महिनाभित्र सकेर फिनिसिङमा लैजाने कार्ययोजनाअनुसार काम अघि बढाएका छौँ”, उनले भने, “सिभिल ठेकेदारले सुरुङ, बाँध र विद्युत्गृहको काम तीव्रताका लागि गरिरहेको छ भने प्रसारण लाइन र पेनस्टेक पाइपलाइनको काम पनि चाँडै सुरु हुँदैछ ।”

छ हजार ४२५ मिटर मुख्य सुरुङसहित सम्पूर्ण भूमिगत संरचनामध्ये मङ्गलबारसम्म चार हजार २२० मिटर सम्पन्न भएको आयोजना प्रमुख सुवेदीले बताउनुभयो । धवलागिरि गाउँपालिका–४ सिङकोश दोभानमा बाँध र घिम्लेटी (खारपानी)मा विद्युत्गृह निर्माणाधीन छ ।

बाँधस्थल, चेचुङको अडिट र घिम्लेटीको आउटलेटबाट सुरुङ निर्माण भइरहेको छ । घिम्लेटीमा आयोजनाको प्रशासनिक भवन निर्माण भएको छ । आउटलेटबाट विद्युतगृहसम्म आठ सय ४३ मिटर लामो ‘पेनस्टक’ पाइपलाइन रहनेछ । यो आयोजना ‘रन अफ द रिभर’ (नदी प्रभाहमा आधारित) हो ।

बाँध, ‘इन्टेक’ र विद्युत्गृह बाहेकका ‘ग्रोवल ट्रयाप’, डिसेण्डर (बालुवा थिग्रयाउने पोखरी), मुख्य सुरुङ र सर्ज टनेललगायत सबै संरचना भूमिगत रहने भएका छन् ।

आयोजनाको सिभिल ठेकेदार आरएससी आरजे जेभी र माछापुच्छ्रे« इन्जिनियरिङ प्राली रहेका छन् । साथै इलेक्ट्रोमेकानिकल कार्यका लागि ठेकेदार कम्पनी ट्रोयर इटली रहेको छ । हाइड्रोमेकानिकल कार्यका लागि माछापुच्छ्रे मेटल एण्ड मेसिनरी वर्कसप प्राली परिचालित भएको छ ।

यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको हाइड्रो इम्पाएरका अध्यक्ष काजी लामाले बताए  ।

थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने हिसाबले तीन सय १४ मिटर अग्लो रहेको हेडलाई बढाएर तीन सय १७ मिटर र खोलाबाट सुरुङमा हालीने पानीको मात्रा १४ दशमलब ४१ घनमिटर प्रतिसेकेण्डबाट बढाएर १७ दशमलव २४ घनमिटर प्रतिसेकेण्ड बनाई क्षमता बढाइएको हो ।

सुक्खायाममा पनि म्याग्दी नदीमा पानीको मात्रा पर्याप्त हुने भएकाले यस आयोजनाले लगानीकर्तालाई छिटो प्रतिफल दिने अध्यक्ष लामाले बताउनुभयो । रु आठ अर्ब ४६ करोड ५४ लाख दुई हजार अनुमानित लागत रहेको आयोजनामा सिद्धार्थ बैंकको अगुवाइमा नेपाल एसबिआइ बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एभरेष्ट बैंक र नविल बैंकले लगानी गरेका हाइड्रो इम्पायरका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए  ।

७० प्रतिशत बैंक र ३० प्रतिशत स्वपुँजीको अनुपात रहेको छ । प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल लागतको १० प्रतिशत सेयरको व्यवस्था गरिएको घर्तीले बताए । यस आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेशनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ ।

दश किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणको तयारीमा छ । शिवरात्रिखोलादेखि बाँध निर्माणस्थलसम्म करिब १८ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजनाले धवलागिरि गाउँपालिकाको सिफारिसमा खिवाङ र चेचुङ गाउँमा सडक पुर्‍याउन सहयोग गरेको छ ।