२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ: मुख्यमन्त्री बानियाँ



इन्द्रबहादुर बानियाँ/फाइल फोटो
अ+ अ-

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख्दै नीति बन्नुपर्नेमा जोड दिनुभएको छ ।

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज हेटौँडामा आयोजित प्रदेश तथा स्थानीय शासन सबलीयकरणसम्बन्धी नीति संवाद कार्यक्रममा उहाँले प्रदेशमा जबसम्म नीति कार्यक्रमलाई दिगो र प्रभावकारी तुल्याउने क्रममा राष्ट्रसेवक कर्मचारीहरूको इमान्दारी र कार्यान्वयन गर्ने इच्छा शक्ति प्रबल हुनुपर्ने बताउनुभयो ।

उक्त नीति संवाद कार्यक्रममा सुशासनविज्ञ उमेशप्रसाद मैनालीले सङ्घीय सुशासन र सुधारको मार्गचित्र र अर्का विज्ञ डा नहकुल सुवेदीले नीति, योजना, बजेट, कार्यक्रम तर्जुमा र कार्यक्रम कार्यान्वयनका आधारभूत चुनौतीहरू एवम् समाधानका बारे छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरू, प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रदेशसभाका विभिन्न समितिका सभापतिहरू, प्रदेशसभाका सदस्य तथा विभिन्न मन्त्रालयका सचिवहरू सहभागी हुनुहुन्थ्यो ।  रासस