२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी १० वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरमा पुर्‍याउन सकिन्छ: अध्यक्ष पाण्डे



अ+ अ-

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले आगामी १० वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरमा पुर्‍याउन सकिने दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित ‘अर्थको अर्थ’ कार्यक्रमको ३३औँ वार्षिकोत्सवमा बोल्दै अध्यक्ष पाण्डेले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रले स्पष्ट मार्गचित्र र प्रतिबद्धता तयार गरिरहेको बताए। उनकाअनुसार पहिलो चरणका आर्थिक सुधारपछि केही प्रगति भए पनि ‘दोस्रो चरण’ सुधार नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन।

उद्योग, उत्पादन र रोजगारी विस्तारका लागि कम्तीमा १० वर्षसम्म नीतिगत स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै पाण्डेले लगानीकर्ताका लागि ‘प्रेडिक्टिबिलिटी’ र दीर्घकालीन ‘भिजिबिलिटी’ सुनिश्चित गर्नुपर्ने बताए।

त्यसैगरी, सार्वजनिक सेवा प्रणालीलाई ‘फेसलेस, पेपरलेस र कन्ट्याक्टलेस’ बनाउँदै अनलाइन ‘सिंगल विन्डो’ प्रणाली स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा उनले जोड दिए। कर प्रणाली सुधार, चोरी पैठारी नियन्त्रण, तथा पुराना कानून खारेज गरी समयअनुकूल नयाँ कानून निर्माण गर्नुपर्ने माग राखे ।

व्यवसायिक कसुरमा थुनछेक गर्ने प्रवृत्तिले त्रास सिर्जना गरेको उल्लेख गर्दै पाण्डेले लगानीमैत्री वातावरण निर्माण गर्न कानुनी तथा नीतिगत सुधार अपरिहार्य रहेको धारणा व्यक्त गरे।