११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेकरी सर्टेनिङ १० केजीभन्दा कम प्याकमा उत्पादन, बिक्री र वितरण नगर्न सरकारको निर्देशन



अ+ अ-

काठमाडौं । सरकारले बेकरी सर्टेनिङ उत्पादन, प्याकेजिङ तथा बिक्री वितरण गर्ने उद्योगहरूलाई १० केजीभन्दा कम तौलको प्याकमा उत्पादन तथा बिक्री नगर्न निर्देशन दिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज गरेको निर्णयअनुसार यस्तो व्यवस्था लागू गरिएको जनाएको छ। विभागले सम्बन्धित सबै उद्योगहरूलाई अबदेखि १० केजीभन्दा कम तौलको प्याकमा बेकरी सर्टेनिङ उत्पादन, प्याकेजिङ तथा बिक्री वितरण नगर्न/नगराउन स्पष्ट रूपमा सूचित गरेको हो।

विभागका अनुसार हाल बजारमा बिक्री वितरणमा रहेका १० केजीभन्दा कम तौलका बेकरी सर्टेनिङहरू यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बजारबाट फिर्ता (रिकल) गर्नुपर्नेछ। साथै, उद्योगहरूले उक्त फिर्ता प्रक्रियाबारे आफू सम्बन्धित विभाग र आफ्नो क्षेत्राधिकारभित्र पर्ने विभाग मातहतको कार्यालयमा जानकारी गराउनुपर्नेछ।

सूचनामा निर्देशनको उल्लंघन भएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ। विभागले जारी गरेको सूचनामा वेबसाइट र इमेलमार्फत थप जानकारी लिन सकिने उल्लेख छ।