७ श्रावण २०८३, बिहीबार
,
Latest
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुद्दा ढिलाइले विकास आयोजना प्रभावित, सुधारका लागि उच्चस्तरीय कार्यदल सक्रिय



अ+ अ-

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय ले अदालतमा दायर मुद्दा मामिलाका कारण पूर्वाधार निर्माण तथा विकास आयोजनाहरू समयमै सम्पन्न हुन नसक्ने र लागत अत्यधिक वृद्धि भई राष्ट्रको ठूलो धनराशी व्यय भइरहेको अवस्थालाई ध्यानमा राख्दै उच्चस्तरीय कार्यदल गठन गरेको थियो।

मन्त्रालयले मिति २०८१ चैत २५ गते १५ दिनको समयसीमा तोकेर गठन गरेको उक्त कार्यदलले मुद्दा मामिलाको शीघ्र टुंगो लगाउने उद्देश्यले नीतिगत, कानूनी तथा संस्थागत सुधारका विषयमा अध्ययन गरेको थियो। कार्यदलको आज सम्पन्न अन्तिम बैठकमा सोविता गौतम सहभागी भई सम्बन्धित पक्षहरूसँग छलफल तथा सुझाव आदानप्रदान गरेकी छन्।

बैठकमा मुद्दा व्यवस्थापन प्रक्रियालाई प्रभावकारी बनाउने, विकास आयोजनामा पर्ने कानूनी अवरोध हटाउने तथा निर्णय प्रक्रियालाई छिटो र पारदर्शी बनाउने विषयमा विभिन्न सुझावहरू प्रस्तुत गरिएको जनाइएको छ। मन्त्रालयले कार्यदलबाट प्राप्त सुझावका आधारमा आगामी दिनमा आवश्यक नीतिगत तथा कानूनी सुधार अघि बढाउने तयारी गरेको जनाएको छ।




भर्खरै