२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटल कार्ड अनिवार्य लागू गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन



अ+ अ-

काठमाडाैँ ।स्वास्थ्य बीमा सेवा सहज बनाउन भन्दै स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई डिजिटल कार्ड अनिवार्य रूपमा स्वीकार गर्न निर्देशन दिएको छ।

बबरमहलस्थित बोर्डले जारी गरेको परिपत्रअनुसार बिमितहरूले भौतिक बीमा कार्ड साथमा नरहेको अवस्थामा ‘नागरिक एप’, एचआइबी प्राेफाइल  लगायत डिजिटल माध्यमबाट प्राप्त क्यूआर कोड स्क्यान गरी सेवा दिनुपर्ने व्यवस्था यसअघि नै लागू गरिएको थियो। उक्त निर्णय २०८० फागुन २४ गते बसेको बोर्ड बैठकबाट पारित भई परिपत्र समेत जारी भइसकेको बोर्डले जनाएको छ।

तर, केही स्वास्थ्य संस्थाहरूले अझै पनि डिजिटल कार्डमार्फत सेवा दिन आनाकानी गरेको भन्दै बोर्डमा गुनासो आउन थालेपछि अब यस व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको हो।

बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवन कुमार साहद्वारा जारी सूचनामा सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई डिजिटल कार्डमार्फत सेवा उपलब्ध गराउन अनिवार्य गरिएको उल्लेख छ। साथै, बिरामीको सहजताका लागि यस्तो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न बोर्डले आग्रह गरेको छ।

स्वास्थ्य बीमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले लागू गरिएको यो व्यवस्था कार्यान्वयनमा नआउँदा बिमितहरूले सास्ती खेप्नुपरेको गुनासो बढ्दै गएको थियो।




न्यूजपोलारबाट थप समाचार
भर्खरै