२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ



अ+ अ-

काठमाडाैँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेदकोट नगरपालिका–७ का २० वर्षीय अरूण चौधरीलाई पक्राउ गरिएको हो ।

यसैगरी, काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित सोही स्थानका ४७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरिएको छ । मोरङको उर्लाबारी नगरपालिका–९ का बलबहादुर श्रेष्ठलाई निजकै घरबाट, कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीस्थित डिएन रूद्र प्लाजा होटलबाट चार जना, धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्का मुक्त कमैया टोलबाट दुई र टीकापुर नगरपालिका–१ बाट दुई जनालाई खैरो हेरोइन र डिजिटल तराजुसहित पक्राउ गरिएको छ ।

उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट २७ किलोग्राम गाँजासहित सोही नगरपालिका–८ माजटोलका २५ वर्षीय अशोक राईलाई पक्राउ गरिएको छ ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै