१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा सुकुम्वासीद्वारा सरकारविरुद्ध प्रदर्शन



अ+ अ-

काठमाडौ। सुकुम्वासी बस्ती खाली गराउने निर्णयविरुद्ध काठमाडौंको थापाथलीमा सरकारविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन भइरहेको छ ।
शुक्रवार उनीहरुले आफूहरुलाई न्याय दिनुपर्नेलगायतका माग राख्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले सुकुम्वासी आवासको हक सुनिश्चित गर, डोजर आतंक बन्द गर, यस्ता सरकार चाहिँदैन, आफूहरुलाई न्याय दे लगायतका प्लेकार्ड समेत प्रदर्शन गरेको थिए ।

प्रदर्शनकारीहरुले निर्वाचन अघि रास्वपा सभापति रवि लामिछानेले सुकुम्वासी बस्तीमा डोजर चलाए आफू नै छाति थाप्न जाने आश्वाशन दिएका थिए । प्रदर्शनकारीहरुले सोही आश्वासन स्मरण गराउँदै आफूहरुको बस्तीमा आउन सभापति लामिछानेलाई पनि आग्रह गरिरहेका छन् ।

प्रदर्शनका प्रधानमन्त्री बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरिएको छ । सरकारविरुद्धको सो प्रदर्शनमा जेनजी अभियन्ताहरुको पनि सहभागिता रहेको छ ।