२१ भाद्र २०८३, आईतवार
,
Latest
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिचन्द्रका विद्यार्थी सडकमाः सरकारी प्रतिवन्धको तयारीको विरोध (तस्बिरहरू)



अ+ अ-

काठमाडाैँ । सरकारले विद्यार्थी संगठनमाथि प्रतिवन्ध लगाउन निर्णयसँगै त्रिचन्द्र क्याम्पसका विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले क्याम्पस परिसरबाट विरोध प्रदर्शन गर्दै सरकारको यस्तो कदम पूर्णतः अनुचित र लोकतन्त्रविरोधी भएको बताएका छन् ।

विरोध प्रदर्शनमा सहभागी विद्यार्थीले लोकतन्त्रमा विद्यार्थी संगठन र उनीहरूको स्वतन्त्रता खोस्ने काम किमार्थ स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

उनीहरूले वर्तमान सरकारको यस्तो तयारीले विद्यार्थीको शैक्षिक र राजनीतिक अधिकारलाई कुण्ठित पार्ने बताउँदै तत्काल यस्तो तयारी रोक्न माग गरेका छन् । क्याम्पस परिसरमा विद्यार्थी उपस्थित भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।– न्युज एजेन्सी नेपाल




भर्खरै