६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुर गोल्डकपः आयोजक भोजपुर फाइनलमा



अ+ अ-

भोजपुर। नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ फाइनलमा प्रवेश गरेको छ ।

भोजपुरले एपिएफ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।  भोजपुरका लागि खेलको २९औँ मिनेटमा दोर्जी तामाङ र ६५औँ मिनेटमा सञ्जय लिम्बुले गोल गरेका थिए ।

एपिएफका तर्फबाट कुनै  गोल हुन सकेन । आजको खेलको प्लेयर अफ दी म्याच भोजपुरका दोर्जी तामाङ घोषित भए । उनले रु पाँच हजार पुरस्कार पाए ।

शुक्रबार दोस्रो सेमिफाइनल खेल सातदोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँबीच हुने आयोजक संस्थाका अध्यक्ष प्रविण सुवालले जानकारी दिए ।

आठ टोली सहभागी रहेको प्रतियोगिताका खेल भोजपुर नगरपालिका–७, कोदारस्थित रङ्गशालामा खेलाइँदै छन् ।

प्रतियोगिताको विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख पुरस्कार प्राप्त गर्ने छन् । फाइनल खेल यही वैशाख १२ गते खेलाइने छ । रासस