५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

उपनिर्वाचन: कहाँ–कहाँ कसले जिते ? (सम्पुर्ण सूचीसहित)

उपनिर्वाचन: कहाँ–कहाँ कसले जिते ? (सम्पुर्ण सूचीसहित)
अ+ अ-

काठमाडौं । निर्वाचनपछि विभिन्न कारणले रिक्त रहेका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा शनिबार उपनिर्वाचन भएकामा कतै पहिले जितेका दलले पराजय भोगेका छन् भने कतै पहिले पराजित भएका दलले जितेका छन् । आइतबार साँझसम्म प्राप्त मत परिणामअनुसार २०७४ मा सम्पन्न निर्वाचनमा कांग्रेसले जितेका ६ स्थानीय तहअन्तर्गतका वडाको उपनिर्वाचनमा नेकपाले जितेको छ । यस्तै, नेकपाले जितेका ६ वटा वडा र एउटा प्रदेशमा कांग्रेसले जित हात पार्दै परिणाम उल्टाएको छ ।

भक्तपुर १ ‘क’ मा यसअघि भएको निर्वाचनमा नेकपाका हरिशरण लामिछाने निर्वाचित भएकामा उपनिर्वाचनमा भने कांग्रेसका कृष्णलाल भँडेल निर्वाचित भएका हुन् । भँडेल १३ हजार ४ सय ४९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी नेकपाका देवीप्रसाद ढकाल ११ हजार २ सय ६ मत ल्याएर पराजित भएका छन् । २०७४ मा सम्पन्न निर्वाचनमा कांग्रेसले जित हात पारेको बाजुराको त्रिवेणी १ मा उपनिर्वाचनको परिणाम नेकपाको पोल्टामा परेको छ । सो स्थानमा नेकपाका मनराज बुढा विजयी भएका हुन् ।

यस्तै, अछामको मल्लेख गाउँपालिका–५ मा पनि नेकपाका रमेशबहादुर खड्का निर्वाचित भएका छन् । सो वडामा अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको थियो । उपनिर्वाचनमा भने खड्काले ७ सय ७८ मत प्राप्त गरेर जितेका हुन् । यसैगरी, बाँकेको कोहलपुर–६ मा पनि नेकपाले नतिजा उल्टाएको छ । शनिबार सम्पन्न उपनिर्वाचनबाट नेकपाका रामशरण थारू ८ सय मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । सो स्थानमा पहिले कांग्रेसले जितेको थियो । यस्तै, सिरहाको कल्याणपुर–१२ मा नेकपाका दिलिपकुमार यादव विजयी भएका छन् ।

उनले ८ सय २५ मत प्राप्त गरे । सो वडामा यसअघि कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए ।पाँचथरको फिदिम नगरपालिका–१ मा नेकपा उम्मेदवार गजाधर भट्टराई निर्वाचित भएका छन् । सो वडामा अघिल्लोपटक कांग्रेसले जितेको थियो । भोजपुरको पौवादुङ्मा १ मा ६ सय ६१ मत ल्याउँदै नेकपाका उम्मेदवार जितेन्द्र राई विजयी भएका छन् । यसअघिको निर्वाचनमा कांग्रेसले जितेको थियो । २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जितेको रोल्पाको थवाङ–१ मा पनि नेकपा उम्मेदवार जनकबहादुर बुढा मगर १ सय ७४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी निर्वाचित भएका छन् । यसअघि राजपा उम्मेदवारले जितेको सो गाउँपालिकामा तत्कालीन प्रमुख प्रतिस्पर्धी चौधरीले जित हात पारेका हुन् । चौधरीले ३ हजार २ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ४१ मत पाएका छन् । कांग्रेसले भने यसअघि नेकपाले जितेका ६ र राजपाले जितेका एक वडामा आफ्नो वर्चस्व देखाएको छ । कांग्रेसले यसअघि नेकपाले जितेको दाङको घोराही उपमहानगरपालिका–१६ मा जित हात पारेको हो ।

सो वडामा कांग्रेसका ताराबहादुर डिसी १ हजार २ सय १८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । यस्तै, अर्घाखाँचीको मालारानी ३ मा कांग्रेसका शोभाकर खनाल नेकपाका उम्मेदवारलाई हराउँदै विजयी भएका छन् । उनी १ हजार १ सय ५९ मत ल्याएर विजयी बनेका हुन् । सो वडामा अघिल्लो निर्वाचनमा नेकपा विजयी भएको थियो । यसैगरी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृह जिल्ला चितवनमा पनि कांग्रेसले नतिजा उल्टाएको छ । भरतपुर १६ मा यसअघिको निर्वाचनमा नेकपाका उम्मेदवार निर्वाचित भएकामा उपनिर्वाचनमा कांग्रेसका अमृतराज हमाल ३ हजार १ सय ८३ मतसहित विजयी भएका हुन् ।

यस्तै, यसअघि नेकपाले जितेको मोरङको धनपालथान–२ मा कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन् । उनले १ हजार ७ सय १ मत ल्याउँदै नेकपाका उम्मेदवारलाई पराजित गरेका हुन् । यसैगरी, बैतडीको दोगडाकेदार–४ मा पनि कांग्रेसले नतिजा उल्टाएको छ । यसअघि नेकपाले जितेको सो वडामा कांग्रेसका सुरेशप्रसाद भट्ट ५ सय ८४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै, पहिले नेकपाले जित हात पारेको पाँचथरको हिलिहाङ–७ मा कांग्रेसले जितेको छ । सो वडामा कांग्रेसका तिलविक्रम इधिंगो ८ सय ४२ मत ल्याएर निर्वाचित भएका हुन् ।

कांग्रेसले यसअघि राजपाले जित हात पारेको क्षेत्रमा पनि आफ्नो उपस्थिति देखाएको छ । रौतहटको गढीमाई–२ मा कांग्रेसका दीपेन्द्र श्रेष्ठ ७ सय ७१ मत ल्याउँदै निर्वाचित भएका छन् । समाजवादी पार्टीले पनि यसअघि कांग्रेस र नेकपाले जितेको स्थानमा जित हात पारेको छ । यसअघि कांग्रेसले जितेको बारागढी गाउँपालिका–१ मा समाजवादी पार्टीका सुरेशबहादुर चौधरी ७ सय ४९ मत ल्याएर विजयी भएका छन् ।

यस्तै, सर्लाहीको हरिपूर्वा–१ मा पनि समाजवादीले नतिजा उल्टाएको छ । यसअघि नेकपाले जितेको सोे वडामा समाजवादीका श्यामबाबु राय विजयी भएका हुन् । उनले ३ सय ४७ मत प्राप्त गरेका छन् । राजपाले पनि यसअघि स्वतन्त्र उम्मेदवारले जितेको एक वडामा आफ्नो उपस्थिति देखाएको छ । कपिलवस्तुको शिवराज–१० मा राजपाकी मन्जु मिश्र ८ सय ६८ मत ल्याउँदै विजयी भएकी छन् ।

कसले कहाँ जिते ?

नेकपाउप निर्वाचनः कहाँ–कहाँ कसले जिते ? (सम्पुर्ण सूचीसहित)

  • प्यूठानको प्यूठान नगरपालिका–२ मा नेकपाका
  • मुक्ति पोखरेल
  • प्यूठानको ऐरावती गाउँपालिका–१ द्रोणप्रसाद पाण्डे
  • बैतडीको पुरचौडी नगरपालिका–४ मा नेकपाका
  • शैलेन्द्र धानुक
  • बाजुराको त्रिवेणी गाउँपालिका–१ मा मनराजे बुढा
  • पाँचथर फिदिम नगरपालिका–१ मा नेकपाका
  • गजाधर भट्टराई
  • अछामको मेल्लेख गाउँपालिका–५ मा रमेश खड्का
  • सिरहाको कल्याणपुर नगरपालिका–१२ दिलिपकुमार यादव
  • रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा कुलबहादुर बस्नेत
  • बाँकेको कोहलपुर नगरपालिका–५ मा रामशरण थारू
  • संखुवासभाको खाँदबारी नगरपालिका–१३ मा
  • भरतकुमार घिमिरे
  • भोजपुरको पौवादुङ्मा नगरपालिका–१ मा जितेन्द्र राई
  • बाग्लुङ बडिगाड गाउँपालिका–२ मा ढालप्रसाद शेरचन
  • काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा
  • शिवभक्त बलामी
  • धुलिखेल नगरपालिका–२ मा देवप्रसाद कोइराला
  • सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ मा
  • केदारप्रसाद आचार्य
  • सल्यानको कुमाखमालिका गाउँपालिका–५ धर्मे बुढाथोकी
  • लम्जुङको सुन्दरबजार नगरपालिका–२ नवीन श्रेष्ठ
  • कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा कृष्णबहादुर तामाङ
  • रोल्पा थवाङ–१ मा जनकबहादुर बुढा मगर
  • खोटाङको साकेला गाउँपालिका–३ मा शिवकला राई
  • गुल्मीको रुरु गाउँपालिका–२ मा गिरिप्रसाद सिँजाली
  • पूर्वी नवलपरासीको बौंदीकाली गाउँपालिका–५ मा खिमबहादुर खरु मगर

कांग्रेस

  • बैतडी सुनर्या गाउँपालिका–१ मा गजेन्द्रबहादुर चन्द
  • पाँचथरको हिलिहाङ गाउँपालिका–७ मा तिलविक्रम इधिंगो
  • मोरङको धनपालथान गाउँपालिका–२ मा नारायणप्रसाद साह
  • अर्घाखाँची मालारानी गाउँपालिका–३ मा शोभाखर खनाल
  • भरतपुर महानगरपालिका–१६ चितवनमा अमृतराज हमाल
  • चितवन खैरहनी–५ मा प्रतीमा कार्की
  • खैरहनी नगरपालिका–४ चितवनमा देवबहादुर बस्नेत
  • बैतडीको दोगडा केदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्ट
  • घोराही नगरपालिका–१६ मा ताराबहादुर डिसी
  • बलवा नगरपालिका–२ महोत्तरीमा विपिन पन्जियार

समाजवादी पार्टी

  • सर्लाहीको हरिपुर्वा नगरपालिका–१ श्यामबाबु राय
  • महोत्तरीको बलवा नगरपालिका–८ मा रामबाबु महतो
  • पर्साको सखुवा प्रसौनी–५ मा रूपलालकुमार यादव
  • बारागढी गाउँपालिका–१ मा सुरेशप्रसाद चौधरी

राजपा

  • महोत्तरीको मटिहानी नगरपालिका–६ मा रामबाबु नायक
  • सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा प्रमिलादेवी यादव
  • कपिलवस्तुको शिवराज नगरपालिका–१० मा मञ्जु मिश्र

स्वतन्त्र

  • प्यूठान ऐरावती–२ मा स्वतन्त्र उमेदवार हिमेश घर्ती राजधानी दैनिकबाट