• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

अस्पतालबाटै प्रधानमन्त्रीको भिडियो सन्देश : म उठेर बोल्न सक्ने भए



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा सुधार हुदै गएको बताएका छन्। सोमबार दिउँसो अस्पतालबाटै एक भिडियो सन्देश जारी गर्दै उनले सो कुरा उल्ले गरेका हुन् ।

प्रधानमन्त्री ओलीले मेजर अप्रेसनपछि पनि आफू बोल्न र शाथिहरुसंग कुरा गर्न सक्ने भएको बताएका छन्। उनले १३ औ सार्क सम्मलेन राष्टपति विद्या देवि भण्डारीले उद्घाटन गरिदिएकोमा धन्यवाद समेत ब्यक्त गरेका हुन् ।

यस्तो छ प्रधानमन्त्रीको सन्देश

एपिन्डसाईटिस कसैलाई सूचना दिएर आउने रोग होइन । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो। त्यसमा इन्फेक्सन भएछ र त्यो बाहिर पनि फैलियो। त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए त्यसलाई निकालेर फाल्न सजिलो हुन्थ्यो। बाहिर पनि भएका हुनाले त्यसलाई हटाउनुपर्यो।

त्यसकारण हप्ता÷दसदिन उपचारको क्रम लाग्ने नै भयो। तर, मेरो स्वास्थ्य राम्ररी अघि बढिरहेको छ, र सुधार भइरहेको छ। एउटा मेजर अप्रेसनपछि तपाईंहरु देखिरहनु भएको छ, म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अबस्थामा छु र समाचारहरु हेर्न सक्ने भएको छु।