१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालबाटै प्रधानमन्त्रीको भिडियो सन्देश : म उठेर बोल्न सक्ने भए



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा सुधार हुदै गएको बताएका छन्। सोमबार दिउँसो अस्पतालबाटै एक भिडियो सन्देश जारी गर्दै उनले सो कुरा उल्ले गरेका हुन् ।

प्रधानमन्त्री ओलीले मेजर अप्रेसनपछि पनि आफू बोल्न र शाथिहरुसंग कुरा गर्न सक्ने भएको बताएका छन्। उनले १३ औ सार्क सम्मलेन राष्टपति विद्या देवि भण्डारीले उद्घाटन गरिदिएकोमा धन्यवाद समेत ब्यक्त गरेका हुन् ।

यस्तो छ प्रधानमन्त्रीको सन्देश

एपिन्डसाईटिस कसैलाई सूचना दिएर आउने रोग होइन । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो। त्यसमा इन्फेक्सन भएछ र त्यो बाहिर पनि फैलियो। त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए त्यसलाई निकालेर फाल्न सजिलो हुन्थ्यो। बाहिर पनि भएका हुनाले त्यसलाई हटाउनुपर्यो।

त्यसकारण हप्ता÷दसदिन उपचारको क्रम लाग्ने नै भयो। तर, मेरो स्वास्थ्य राम्ररी अघि बढिरहेको छ, र सुधार भइरहेको छ। एउटा मेजर अप्रेसनपछि तपाईंहरु देखिरहनु भएको छ, म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अबस्थामा छु र समाचारहरु हेर्न सक्ने भएको छु।