१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
अ अ+ अ-

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको टोली पठाउनुको अर्को विकल्प नभएको दावी गर्नुभएको छ । उहाँले वार्ता सफल नभए इरानी संरचनाहरू समेत ‘ध्वस्त’ बनाइदिने यस पहिले नै चेतावनी दिनुभएको थियो ।

सीएनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले इरानसँग सम्झौता हुने आशा व्यक्त गर्दै भन्नुभयो, “मलाई लाग्छ हामीबिच धेरै राम्रो सम्झौता हुनेछ।”

उहाँले भन्नुभयो,“संयुक्त राज्य अमेरिका वार्ता गर्न राम्रो स्थितिमा छ । हामी ‘स्ट्रेट अफ हर्मुज’ लाई नियन्त्रण गर्ने अवस्थामा छौँ ।”

उता इस्लामावादमा प्रस्तावित वार्तामा इरान सहभागी हुने वा नहुने भन्ने अझै स्पष्ट भइसकेको छैन ।

इरानको संसदका सभामुख बघर गालिबाफले विगत दुई हप्तादेखि इरानले युद्धको मैदानमा नयाँ कार्ड देखाउने तयारी गरिरहेको बताउनुभएको छ।

उहाँले इरानले ‘चेतावनीको छायामा रहेर वार्ता स्वीकार नगर्ने’ पनि बताउनुभयो ।

अमेरिकाले युद्धविराम लम्ब्याउँछ कि भनेर सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “म त्यसो गर्न चाहन्नँ ।” उहाँले इरानको पनि एउटै बाटो वार्ताको विकल्प नरहेका बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि गरिएको नौसैनिक नाकाबन्दीलाई युद्धमा ‘ठूलो सफलता’ भन्नुभएको छ ।

वार्तामा केही प्रगति भएको नदेखिए युद्धविरामको प्रक्रिया अघि बढाउनुहुन्छ भनी सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो, “म त्यसो गर्न चाहन्नँ ।”

ट्रम्पले थप्नुभयो, “मलाई लाग्छ, इरानसँगको वार्तामा कुनै प्रगति सम्भावना नदेखिए यसको विकल्प ‘व्यापक आक्रमण’ हुनेछ । त्यो धेरै राम्रो तरिका हुनेछ।”

उनले सम्झौतामा पुग्न धेरै समय बाँकी नरहेको र यदि इरानले अमेरिकासँग सम्झौता गरेमा उसले आफूलाई ‘धेरै राम्रो स्थिति’ मा राख्न सक्ने बताउनुभयो ।

अमेरिकी राष्ट्रपतिले इरानसँग सम्झौता गरेमा इरान फेरि बलियो हुने र महान देश बन्न सक्ने बताउनुभएको छ। उहाँले भन्नुभयो, “तपाईंलाई थाहा छ, हामी तयार छौँ। मेरो मतलब, अमेरिकी सेना पूर्ण रूपमा तयार छ।”

गर्ने तयारी गरिएको भएपनि इरानले अझै यही अवस्थामा वार्ताका लागि सहमति जनाएको छैन ।

इरानको सरकारी मिडियाले आफ्नो टेलिग्राम पोस्टमा भनेको छ, “अहिलेसम्म इरानको कुनै पनि प्रतिनिधिमण्डलले इस्लामाबाद प्रस्थान गरेको छैन।”
टेलिग्राम पोस्टमा मिडिया रिपोर्टलाई ‘अफवाह’ को रूपमा वर्णन गरिएको थियो जसमा इरानी प्रतिनिधिमण्डलको प्रस्थानको मितिको बारेमा दाबी गरिएको छ।

यसैबीच इरानी अधिकारीहरूको पुरानो अडान दोहोराएका छन् । संसदका सभामुख गालिबाफलगायतका अधिकारीले भनेका छन्, “तेहरानले धम्कीको छायामा कुनै पनि वार्ता स्वीकार गर्दैन।”

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रतिनिधिमण्डल वार्ताका लागि पाकिस्तान जाने यसअघि नै बताइसक्नुभएको थियो ।

पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मुकद्दमले इरान सुरक्षा जोखिम र खतराबाट डराएको बताउनुभएको छ।

पाकिस्तानका लागि इरानका राजदूत रेजा अमीरी मुकद्दमले एक वक्तव्य जारी गर्नुभएको छ ।

रजा अमीरी मुकद्दमले एक्समा लेख्नुभएको छ, “यो सर्वविदित छ कि जोसँग महान् सभ्यता छ, ऊ डर र दबाबमा सम्झौता गर्दैन । यो एक महत्त्वपूर्ण इस्लामिक र धार्मिक सिद्धान्त हो। म चाहन्छु कि अमेरिकाले यो कुरा बुझ्न सकोस्।”

इरानको रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) सँग सम्बद्ध फार्स न्यूज एजेन्सीले टेलिग्राममा इरानको सबैभन्दा ठूलो सैन्य मुख्यालयका कमान्डरको बयान साझा गरेको छ।

फार्सका अनुसार मेजर जनरल अब्दुल्लाहीले फारसी भाषामा लेख्नुभएको छ, “आईआरजीसीले इजरायल र संयुक्त राज्य अमेरिकालाई झुक्न पारेको छ, उनीहरूलाई युद्धविराम माग गर्न बाध्य पारेको छ।”

उहाँले भन्नुभयो, “विशेष गरी स्ट्रेट अफ हर्मुजको मुद्दामा सशस्त्र बलले अमेरिकी राष्ट्रपतिलाई जमिनको अवस्थाको बारेमा झुटो र गलत कथा सिर्जना गर्न अनुमति दिँदैन।”

बीबीसीका अनुसार इरानभित्र राजनीतिक तनाव छ, जहाँ कट्टरपन्थीहरूले वार्ताकारहरूलाई कूटनीतिको सट्टा टकरावको बाटो रोज्न दबाब दिइरहेका छन्।

इरान र अमेरिकाबीच अप्रिल ८ मा दुई हप्ताको युद्धविराम का लागि हस्ताक्षर भएको थियो । यदि अवधि बिस्तार गर्ने सहमति नभएमा यो बुधबार समाप्त हुनेछ ।(रासस/एएफपी)