३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा



अ+ अ-

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानविरुद्ध हुने दुई एकदिवसीय खेलका लागि आज नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ ।

यही वैशाख ९ र ११ गते हुने दुई दिने उक्त खेलको लागि आज १४ सदस्यीय नेपाली टोली छनोट गरेको क्यानको प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।

छनोट हुने खेलाडीमा कप्तान अनिलकुमार साहसहित देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, नृपराज दास, कुशल मल्ल, सन्तोष यादव, राशिद खान, साहब आलम, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, युवराज खत्री र शेर मल्ल समावेश छन् ।

क्यानले घरेलु मैदानमा आयोजना गर्न लागेको यो शृङ्खला युवा खेलाडीको क्षमता परीक्षण र अन्तरराष्ट्रियस्तरको अनुभव दिलाउने उद्देश्यले महत्त्वपूर्ण मानिएको छ । ओमान जस्तो प्रतिस्पर्धी टोलीविरुद्धको खेलले नेपाल ‘ए’का खेलाडीलाई भविष्यका ठूला प्रतियोगिताका लागि तयार पार्न सहयोग पुग्ने क्यानको अपेक्षा छ ।

उक्त खेल काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।  रासस