७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ

बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ
अ+ अ-

सुनसरी। जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनाअनुसार इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका तथा गढी गाउँपालिकालगायत स्थानमा कुखुरापालन गरिएका फार्महरूमा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा, एच फाइभ एन वन) नामक रोग पुष्टि भएको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेका अनुसार उक्त रोग मानिसमा समेत सर्न सक्ने भएकाले बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८ बमोजिम सङ्क्रमित क्षेत्रलाई केन्द्रविन्दु मानी चार किलोमिटर क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र तोकिएको छ । रोग थप फैलिन नदिन सो क्षेत्रमा आवश्यक नियन्त्रणका कार्य अघि बढाइएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनले वैशाख १४ गतेसम्मका लागि कुखुरा, चल्ला तथा कुखुराजन्य वस्तु (अण्डा र मासु) को ओसारपसारमा प्रतिबन्ध लगाएको छ । सङ्क्रमित क्षेत्रबाट अन्यत्र तथा अन्य जिल्लाबाट सुनसरीभित्र कुखुरा तथा कुखुराजन्य वस्तु भित्र्याउन र बाहिर लैजान रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले जिल्लावासी, कृषक, व्यवसायी तथा सरोकारवालालाई उच्च सतर्कता अपनाउन र नियन्त्रण कार्यमा सहयोग गर्न आग्रह गरेको छ । गत चैत ११ गते सुनसरीमा बर्डफ्लु पुष्टि भएपछि जिल्लाका विभिन्न स्थानमा प्रभावित फार्महरूमा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको थियो । सोही दिन इटहरी, दुहबी र गढीलगायतका ठाउँहरूमा आठ वटा बढी कृषि फार्ममा सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि इटहरी–१९ स्थित ओकेओ कृषि प्रालिमा रहेका ११ हजार २० कुखुरा र ११ हजार ३०० अण्डा नष्ट गरिएको थियो । यस्तै, गढी गाउँपालिका–५ को सञ्जित कृषि फार्ममा ४२१, इटहरी–११ को आलम कृषि फार्ममा ५५०, इटहरी–१८ को रानी कृषि फार्ममा एक हजार ९३० (लेयर्स र गिरीराज) तथा इटहरी–१७ को लक्ष्मी पोल्ट्री फार्ममा ५१० कुखुरा र ५२० अण्डा नष्ट गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिनुभयो ।

सोमबार सुनसरीको रामधुनी नगरपालिका–६ स्थित एक पोल्ट्री फार्ममा पालिएका करिब एक लाख ५० हजार लेयर्स कुखुरामा सङ्क्रमण पुष्टि भएपछि नष्ट गरिएको थियो । रासस