१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिम–लार्केपास पदमार्गमा पाँच दिन खच्चड आवतजावत बन्द



अ+ अ-

गोरखा। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावतमा रोक लगाइएको छ । उक्त पदमार्ग स्तरोन्नति भइरहेकाले पाँच दिनका लागि खच्चड ओहोरदोहोर गर्न/गराउन रोक लगाइएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले गाउँपालिकाको वडा नं ५ राना गाउँस्थित फिलिम–लार्केपास पदमार्गमा ढलान तथा रेलिङ निर्माणका लागि भइरहेकाले मङ्गलबार आजदेखि खच्चड हिँडाउन बन्द गर्न लागिएको जानकारी दिनुभयो ।

“वैशाख ८ गतेदेखि १२ गतेसम्म खच्चड आवतजावत गराउनुपरे वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ, पैदलमार्ग स्तरोन्नति सम्पन्न भएलगत्तै पुनः सहज बनाइनेछ”, उहाँले भन्नुभयो ।

चुमनुब्री गाउँपालिकामा अहिले पनि दैनिक उपभोग्य वस्तु खाद्यान्नलगायत निर्माण सामग्रीसमेत खच्चडबाट ढुवानी गराउनुपर्ने बाध्यता रहँदै आएको छ । गाउँपालिकाले खच्चड व्यवसायीलाई पनि पाँच दिनका लागि खच्चड आवतजावत बन्द गरिदिन अनुरोध गरेको छ । रासस