१३ श्रावण २०८३, बुधबार
,
Latest
राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै हसिनाको स्वदेश फर्किने घोषणा पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछाप सभापति तामाङलाई स्पष्टिकरण सोध्ने कांग्रेसको निर्णय



पूर्णबहादुर तामाङ (कान्छाराम)/फाइल
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीका रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पदीय मर्यादाको ख्याल नगरी पार्टी नेतृत्वविरुद्ध बोलेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

समितिका सभापति तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकाले स्पष्टिकरण सोध्ने निर्णय गरेको समितिका सचिव दिनेश थापामगरले जानकारी दिनुभयो ।

तामाङलाई कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क)  (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लङ्घन भएको देखिएकाले पार्टीको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तीन) दिनभित्र स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । रासस




भर्खरै